
लुदस, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तुमा व्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला व्याडमिण्टन संघ कपिलवस्तुको समन्वय र कपिलवस्तु नगरपालिका वडा नं. १ को सहयोगमा प्रतियोगिता संम्पन्न भएको हो ।
प्रतियोगितामा जिल्लाका सरकारी निकायका आठ वटा टिम सहभागीता रहेको थियो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी, नारायण दल गोरुसिंगे, निजामति कर्मचारी संघ, व्याडमिण्टन संघ र कपिलबस्तु नगरपालिकाको २ वटा टिमले भाग लिएका थिए । प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय प्रथम, जिल्ला प्रशासन कार्यालय दोस्रो भएका थिए ।
सो जिल्ला व्याडमिण्टन संघका अध्यक्ष दिनेश हमालको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको प्रमुख अतिथ्यतामा भएको थियो ।
प्रतियोगितामा प्रथम र द्वीतिय भएको टिमलाई कप, मेडल, प्रमाण पत्र प्रदान गरिने बताईएको छ यसै विच प्रजातन्त्र दिवसको अवसरमा कर्मचारी र जनप्रतिनिधिहरु विच मैत्रीपुणर् फुटवल प्रतियोगिता समेत संम्पन्न भएको । जसमा कर्मचारीको टिम २/१ गोल अन्तरले विजयी भएको छ । दिवस अन्र्तगत भोली विहान प्रशासन चोकमा मास्क वितरण र ९ बजे समापन समारोह हुने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभएको छ ।

