लुदस, कोपवा
कपिलवस्तुको बाणगंगा ५ कोपवा माईती भई रुपन्देही देवदह १२ ढोलवजन घर भएकी २८ वर्षिया आशा थारु कुवँर माथि खुकुरी प्रहार भएको छ ।
उनलाई आफ्नै श्रीमान भिम बहादुर कुवँरले खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय धकदहीका प्रहरी नायव निरिक्षक कृष्ण बेल्वासेले जानकारी दिएका छन् ।
गत शुक्रवार विहान आफ्नै घरमा सामान्य विवाद पछी हतियार प्रहार भएको जनाईएको छ । आशाका बाबु जोख्खन थारुले छोरीलाई ज्यान मार्ने मनसायले खुकुरी प्रहार गरेको र हदै सम्मको कार्वाहीको माग गरि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदन दिएको बताएका छन् ।
हाल भिम बहादुर प्रहार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । आशाका माईतीले भिमबहादुर नेपालमै आफ्न्त कहाँ लुकेर बसेको हुन्सक्ने भन्दै खोजीदिन पत्रकार, मानवअधिकारबादी, समाजसेवी आम नागरिकमा अपिल समेत गरेका छन् । आशाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको जनाईएको छ ।




















