ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नगरले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिनुपर्छ ः सांसद घिमिरे

लुम्बिनी दर्पण २०७८ चैत्र २२, मंगलवार १९:०८
[sharethis-inline-buttons]

अनिता क्षेत्री ,
अर्घाखाँची क्षेत्र नं २ का प्रदेश सभा सांसद रामजी प्रसाद घिमिरेले जनताको समृद्धि र विकासका साथै प्रत्यक्ष सरोकार शिक्षा र स्वास्थ्यमा हुने भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् । आज शितगंगा १३ मुसिवानमा आयोजित मुसिवान स्वास्थ्य केन्द्र को एक कार्यक्रमका विच उद्घाटन गर्दे सो कुरामा जोड दिएका हुन् ।

उनले नगर सड्क बनाउने अभियानमा तिब्रता दिदा यस्ता क्षेत्रमा बजेट घटेको भन्दै जनता स्वस्थ भए मात्र अन्य क्षेत्रको विकास संम्भव हुने बताउदै स्वस्थ मानिस हिडेरै पनी गन्तब्यमा पुग्ने जिकिर गरे ।सो कार्यक्रममा मुसिवान वासीले मुसिवान खोलामा पुल माग गरेपछी त्यसका लागि आफुले प्रदेश सरकारबाट पहल गरेर यथासिग्र पुल निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

सो अवसरमा विशिष्ट अतिथि नगर प्रमुख सुर्य प्रसाद अधिकारी ले भौगोलिक हिसावले देशमै ठुलो नगर भएको हुदाँ सिमित बजेटले असिमित काम गरेको भन्दै नेपालको पुर्व पश्चिम राजमार्ग भन्दा बढी अर्थात करिव ५ वर्षमा १ हजार ५० किलोमिटर सड्क , शिक्षा, स्वास्थ्य खानेपानी, पुर्वाधारमा विकास भएको बताए । उनले प्रदेश सरकारबाट शितगंगा क्षेत्रमा राख्ने भनेको उद्योग ग्राम अन्तै लैजाने प्रयास भएको भन्दै तत्काल नगरमा औद्योगिक ग्राम स्थापना गर्न प्रदेश सांसद घिमिरेलाई ध्यानाकर्षण गराएका थिए ।

विशिष्ट अतिथि उप प्रमुख टिका रेश्मिले यो अवधिमा ३७ वटा स्वास्थ्य केन्द्र नगरबाट संम्पन्न भएको भन्दै नगरबासीको तिब्र चाहना सड्क संन्जालमा रहेको भन्दै नगरवासीको चाहना अनुसारका सड्क हिँउदमा खन्ने वर्षामा बगाउने गर्दा बजेटको प्राथमिकता अव दिर्घकालिन योजनामा लैजाने बताए ।

उनले यस अवधिमा आफुहरुले नगरको भवनका साथै धेरै पुर्वाधार को विकास गरिसकेको हुँदा अव आउने जनप्रतिनिधिहरुले त्यसलाई निरन्तरताका साथै अन्य विकासका पुर्वाधारमा जोड दिन सहज हुने बताएका थिए । शितगंगा नगरबाट कृषि क्षेत्रमा प्राथमिकता साथ बजेट विनियोजन गर्दै आएको भएतापनी नगरवासी प्रकृया मिलाउन आनकानी गर्ने फर्म दर्ता नगर्ने , लगाएतका कार्यले यसबाट बन्चित हुन परेको र आफुले पट्क पट्क आग्रह गर्दा पनी ध्यान नगर्ने प्रविद्धिले बरु विदेश ताक्ने स्वदेशमा काम गर्न नखोज्ने परिपाटिको अन्त्य गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमका अध्यक्ष एवं सो वडा का वडा अध्यक्ष दुर्गा वि.सी ले मुसिवान स्वास्थ्य केन्द्र स्थापना गर्नका लागि आफुले नगरमा ठुलो लडाई लड्नु परेको भन्दै अव मुसिवानबासी सामान्य रोग र खोपका लागि नगर र अन्य निकायमा धाउन नपर्ने बताएका थिए । उनले स्वास्थ्य केन्द्रमा औषधी अभाव र स्वास्थ्यकर्मीको अभाव हुन नदिन नगरका स्वाथ्य प्रमुखको समेत ध्यानाकर्षण गराएका थिए । वडामा आएको सामान्य बजेटले धेरै विकास गरेको भन्दै वडाको बजेट भन्दा त्यहाँका सामुदायिक वनमा बढी बजेट हुने बताएका थिए ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नम नारायण बेल्वासे, समाजसेवी गिता भाट क्षेत्री, तारापती वि.सि , जग्गा दाता प्रेम बहादुर भाट क्षेत्री प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनाल , योजना शाखाका नुमलाल खनाल, लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन को अवसरमा उक्त स्वास्थ्य केन्द्रबाट ७० जनाले कोरोना विरुद्धको खोप लगाएको केन्द्रका अ.हे.व जिवन शक्ति वि.सी ले बताएका छन् । कार्यक्रम बाबुराम वि.सी को स्वागत र सिमलपानी स्वास्थ्य चौकि प्रमुख राम प्रसाद खनालको संचालनमा संम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ चैत्र २२, मंगलवार १९:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech