लुदस,कोपवा
चन्द्रसुर्य वचत तथा लगानी संस्था बाणगंगा ६ को आज संम्पन्न बैठकमा निर्वाचित सदस्य सम्मान गरिएको छ ।
हालै सम्पन्न स्थानिय तह निर्वाचनबाट बाणगंगा ६ को वडा सदस्यमा संस्थाका संस्थापक सदस्य यम बहादुर प्युठानी निर्वाचित भएपछी आज एक कार्यक्रमका विच संम्मान गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु विष्ट , नि वर्तमान अध्यक्ष राम किशुन चौधरी, सदस्यहरु लगाएतले खादा टिकाले संम्मान गर्दै वडाको विकास र समृद्धिमा जोड दिनुपर्ने भन्दै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
संस्थाले मासिक नियमित वैठकको अवसर पारेर सम्मान गरेको हो ।




















