लुदस,
कपिलवस्तु एल.पी ग्यास व्यवसायी संघ को ८ औं साधारणसभा तथा चौथो अधिवेसन संम्पन्न भएको छ ।अधिवेसनले जिल्लाको कार्यसमितिमा नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा भक्तिराम शर्मा,बरिष्ठ उपाध्यक्षमा मित्रलाल पोख्रेल, उपाध्यक्षमा वाबुराम पाण्डे, सचिवमा जितेन्द्र मौर्या, सह सचिवमा सत्यनारायण मिश्र, कोषाध्यक्षमा भुनेश्वर खनाल, सदस्यहरुमा बद्रि प्रसाद अग्रहरी, सुधिर पौडेल, रामेश्वर थारु, नेत्र बहादुर खत्री, मो. बहिद खाँ, महिला सदस्यमा कविता फुनेल, भुमिश्वर खनाल, रामेश्वर थारु मनोनित सदस्यमा दण्डपाणी भट्टराई चयन भएका हुन् ।

अधिवेसनको खुला सत्रमा बोल्दै प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले राज्यको सरकारी निति व्यवस्थित नहुदा व्यापारीहरुविच अस्वस्थ्य प्रतिस्पर्दा र नियम अभावले व्यवसायीहरु धरासायी हुदै गएको भन्दै , नगरमा साना उद्योग दर्ता गरि व्यवसायीक बने नगरले सहयोग पुर्याउनेमा जोड दिएका थिए ।
साथै विशिष्ट अतिथि ग्यास विक्रेता महासंघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र अर्यालले राज्यले ग्यास उद्योगी र व्यापारीलाई अत्यावश्यकिय सेवामा लागु गरि विशेष प्रोत्साहनको व्यवस्था गर्नुपर्ने बताएका थिए । ग्यास उद्योगीका तर्फबाट बुटवल ग्यास प्रा.ली रुपन्देहीका प्रबन्धक भुपाल श्रेष्ठले ग्यासको डिलर , उद्योगी व्यापारी विच सुमधुर सम्बन्ध स्थापित गरि अगाडी बढ्न जरुरी रहेको बताएका थिए । कार्यक्रममा ग्यास विक्रेता संघ लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद गैरे, महासचिव हरि अधिकारी कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




















