जेसिजको सप्ताहव्यापी कार्यक्रम ग्रामिण भेगमा रक्तदान उत्साहजनक

[sharethis-inline-buttons]

लुदस, जितपुर
पछिल्लो समय विभिन्न संघ संस्था क्लव, राजनैतिक दलका भातृ संगठन लगाएतका निकायले रक्तदान जस्तो पवित्र , पुन्यकामलाई तिब्रता दिईरहेका छन् ।

दैनिक जसो रगतको माग उच्च हुदाँ संचालित यस्ता कार्यक्रमहरुले ठुलो राहत पु/याएको नेपाल नियमित रक्तदाता संघले जनाएको छ ।

प्राय शहर केन्द्रित हुने रक्तदान कार्यक्रम यसपाली कपिलवस्तु जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज बाणगंगा नगरपालिका वडा नं ६ मा संम्पन्न भएको छ ।


ग्रामिण भेगमा आयोजित यो कार्यक्रम त्यस क्षेत्रकै पहिलो पट्क भएको जानकारहरु बताउछन् । जेसिजले आयोजना गरेको कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा अधिकांश युवाहरु पहिलो पट्क रगत दान गरेको बताएका थिए ।

उत्साहजनक उपस्थिती भएपछी तयारी भन्दा बढी उपस्थितका कारण केहि रक्तदाताहरु फर्किएको कार्यक्रम संयोजक अपिला भुषाल (टण्डन )ले बताउनुभयो । वडाध्यक्ष करुण टण्डनले आफैले रक्तदान गरेर शुरुवात गरेको कार्यक्रममा सहभागीहरुलाई वडा नं ५ का वडा अध्यक्ष एवं जेसिजका मानार्थ सदस्य दुनिका प्रसाद भुषाल र कार्यक्रम टण्डनले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सप्ताहव्यापी कार्यक्रम अनुसार श्रावण २१ गते सामुदायिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण,२२ गते आखाँ शिविर, २३ गते तिर्थालु भक्तजन हरुलाई सहयोग, लगाएतका कार्यक्रम संम्पन्न भएका छन् । जस अन्र्तगत २५ गते भोली बाणगंगा उच्च मा.वि लौगाईमा लागु औषध नियन्त्रण तथा दुर्घटना न्युनिकरण का लागि सचेतना कार्यक्रम २६ गते नेतृत्व विकास तथा भाषणकला तालिम भाद्र ११ गते भलवार्डमा स्वास्थ्य शिविरको आयोजना गरिएको जेसिजका अध्यक्ष गुरुदेव पौडेलले बताउनुभयो ।


प्रकाशित : २०७९ श्रावण २४, मंगलवार १६:५०