
लुदस, बनगाई
नवदुर्गा आधारभूत बिद्यालय बाणगंगा ७ मोतिपुरडाँडामा आज एक कार्यक्रमका विच विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ ।
जसअन्र्तरगत विद्यालय व्यवस्थापन समिति तर्फ अध्यक्षमा बिनोद क्षेत्री सदस्य हरुमा ,कणर् बहादुर थापा,हुम बहादुर दर्लामी ,जमुना बि सि,शान्ता दर्लामी , गोमा गुरूङ्ग र पार्बती सुनार रहनु भएको छ । शिक्षक अभिभावक सघको अध्यक्ष मा सिर्जना सेजवाल निर्वाचित हुनुभएको विद्यालयका सहयक प्र.अ भिम थापा ले जानकारी दिनुभएको छ । कार्यक्रमा बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सि , वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरि लगाएतले बोल्दै नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।