ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एमसीसी आयोजना ठेक्का आह्वानको तयारी, धानखोलाबाट बाँकेसम्मको सडक स्तरोन्नति गरिने

Lumbini Darpan 2 २०७९ भाद्र २, बिहीबार १८:५२
[sharethis-inline-buttons]

लुदअ भदौ २, काठमाण्डौ
अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको आयोजनाका लागि आउँदो मङ्सिरभित्र ठेक्का आह्वान हुने भएको छ । एमसीसी कार्यान्वयन गर्ने नेपाली निकाय मिलिनियम च्यालेञ्ज अकान्ट नेपाल ९एमसीए० ले विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि आउँदो नोभेम्बर अर्थात् मङ्सिरभित्र अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्ने तयारी भइरहेको जनाएको छ ।

ठेक्का आह्वानका लागि सबै कागजात तयारी अवस्थामा रहेको एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिनुभयो । ६ महिनाको अवधि राखेर ठेक्का आह्वान हुने, त्यसपछिको तीन महिनामा ठेकेदार छनोट गरेर आउँदो वर्ष अर्थात् २०८० सालको भदौदेखि एमसीसी अन्तगर्तका आयोजनाको काम सुरु हुने उहाँले जानकारी दिनुभयो । काम सुरु भएको पाँच वर्षमा आयोजना सक्नैपर्ने कानुनी व्यवस्था रहेकाले पूर्वतयारी सम्पन्न भएपछि मात्रै पाँच वर्षे अवधिको गणना हुने उहाँले बताउनुभयो ।

अहिले आयोजनाका लागि धमाधम पूर्वतयारीका काम भइरहेका छन् । सबस्टेशन रहने ठाउँ नुवाकोटको रातामाटे, तनहुँको दमौली र रुपन्देहीको बुटबलमा जग्गा प्राप्तिको काम लगभग सकिएको छ । वातवरणीय प्रभाव मूल्याङ्कनको काम पनि सकिएको छ । यस्तै प्रभावित क्षेत्रअन्तर्गत पर्ने १० जिल्लाका ३० वटा पालिकामा सार्वजनिक सुनुवाइ, आयोजना प्रभावितको पुनर्स्थापनालगायतका पूर्वतयारीका काम भइरहेको विष्टले बताउनुभयो । विद्युत् प्रसारण लाइन क्षेत्रमा पर्ने दुई लाख रुख कटानको अनुमति प्राप्त गर्ने चरणमा रहेको पनि उहाँले बताउनुभयो ।

एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड डलर गरेर ६३ करोड अमेरिकी डलरमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिको काम हुन लागेको हो । काठमाण्डौको लप्सीफेँदीबाट सुरु भएको तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन नुवाकोटको रातामाटे पुग्नेछ । त्यहाँबाट एउटा लाइन हेटौँडा र अर्को दमौली हुँदै बुटवल पुग्नेछ । प्रसारण लाइन र सबस्टेशनमा तामाकोसी, सुनकोसी, भोटेकोसी, त्रिशूली, मर्स्याङ्दी र कालीगण्डकी नदी बेसिनका कैयौँ आयोजनाको बिजुली जोडिनेछ । यो लाइनले तीन हजार मेगावाट बिजुली बोक्नेछ । बुटवल पुगेको लाइनलाई भारतको गोखरपुरसम्म पुर्‍याउनका लागि नेपाल र भारतले संयुक्त कम्पनी बनाएर न्यु बुटवल–गोरखपुर प्रसारण लाइन बनाउँदैछन् ।

यस्तै सडक स्तरोन्नतितर्फ दाङ र कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको सीमाना शिवखोलासम्मको ७७ किलोमिटर सडकलाई अत्याधुनिक प्रविधिमार्फत स्तरोन्नति गरिनेछ । यो प्रविधि नेपालमै पहिलो हुने एमसीए नेपालले जनाएको छ ।

 


प्रकाशित : २०७९ भाद्र २, बिहीबार १८:५२

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech