
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) लाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । काठमाडौंमा शुक्रबार वाइसिएलको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए । क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रूपमा सङ्घर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।