लुदस, कोपवा
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ५ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्तिको परिक्षा नगरका शिक्षा प्रमुख खिम बहादुर जि.सी ले चलखेल गर्न खोजेको आरोप लागेको छ । नि.मा.वि अग्रेजी राहत शिक्षकको आज हुने भनिएको परिक्षाको केहि समय अधि अर्थात विहान विषय विज्ञमा शिक्षक संगठनमा आवद्ध शिक्षक हुनुपर्ने भन्दै राजनैतिक आवरण देखाएर परिक्षा स्थगित गरेको व्यवस्थापन समिति अध्यक्ष अमृत चौधरीको आरोप छ ।
यता वडा नं ५ का वडाध्यक्ष दुनिका प्रसाद भुषालले नगरको शिक्षा प्रमुख जस्तो जिम्मेवार व्यक्ति खुलेयाम राजनैतिक आवरणमा देखिनु अस्वभाविक भएको बताउदै परिक्षा निष्पक्ष हुनुपर्ने बताए । यता जि.सी ले यस विषयमा प्रतिकृया लिदा विद्यालय व्यवस्थापन समिति ले ल्याएका विषय विज्ञ प्रति आफ्नो विश्वास नरहेको भन्दै शिक्षक संगठनको आफुले ल्याएको व्याक्ति हुनुपर्ने भन्दै पैसाको लेनदेनको कुरो आएको बताए । विद्यालयका प्रधानध्यापक कामता चौधरी स्वयम शिक्षक संगठनमा अवद्ध शिक्षक रहेको बुझिएको छ । यस विषयले विद्यालयमा राजनितिक किचलो शुरु भएको छ । विद्यालय व्यवस्थापन समितिले भने शिक्षालाई राजनिति मुक्त गर्न र निष्पक्ष बनाउन सुचना प्रकाशित गरि प्रकृयागत तरिकाले प्रतिष्पर्धात्मक ढंगबाट शिक्षक परिक्षा गराउने सहमती अनुसार अगाडी बदेढ्को अवस्थामा कर्मचारी ले नै राजनितिक पुर्वाह शुरु गरेको बताए । यससंगै शिक्षक नियुक्ति प्रकृया पेचिलो बनेको छ ।
बाणगंगाका शिक्षा प्रमुख जि.सी ले विद्यालयमा राजनितिक आवरण देखाएर शिक्षक परिक्षा रद्ध गरेको आरोप
प्रकाशित : २०७९ भाद्र ६, सोमबार २२:५१
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech