सुर्य सहकारी र रोट्रयाक्ट क्लवद्धारा रक्तदान, १ सय ८ युनिट रगत संकलन

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तु स्थित श्री सूर्य बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड बुद्धभूमि नगरपालिका वडा नम्बर ४ बुड्ढी र रोट्र्याक्ट क्लव अफ बुद्धभुमिको संयुक्त आयोजनामा भृकुटी माविको सभाहलमा रक्तदान कार्यक्रम गरिएको छ । शुक्रबार सम्पन्न उक्त रक्तदान कार्यक्रमबाट १०८ युनिट रगत संकलन भएको छ ।

रक्तदान जीवन दान भन्ने नाराका साथ बुद्धभुमि नगरपालिकाको लागत सहभागिता एव् रक्त संचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा संचालित रक्तदान शिविरमा १०८ युनिट रगत संकलन भएको जनाइएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष मुरलीधर घिमिरे र क्लवका अध्यक्ष कृष्ण गिरीको संयुक्त अध्यक्षता थियो । कार्यक्रममा बुद्धभुमि नगरपालिकाका नगर प्रमूख केशव कुमार श्रेष्ठको प्रमूख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मेयर श्रेष्ठले रक्दान गर्नु राम्रो कार्य रहेको हुँदा यस्ता कार्यक्रममा सरिक हुनुपर्ने बताए । यस्तै कार्यक्रममा प्रदेश सासंद माला गोतामे, संस्थाका संस्थापक अध्यक्ष चिन्तामणी खनालको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष शुसिल कुमार चौधरी, रोम बहादुर थापा, विकास आचार्य, एवंम् कार्यक्रम संयोजक गोकर्ण अर्याल लगाएत समाजसेवी रुपेश कुमार श्रेष्ठ सहित ५० बढी नागरिकहरुको उपस्थिति रहेको संस्थाका व्यवस्थापक लेखनाथ खनालले जानकारी दिएका छन् ।


प्रकाशित : २०७९ भाद्र २६, आईतवार १४:४५