ताजा अपडेट

खरविन्द्रको बगरमा बदाम

वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गाउँपालिका स्तरिय मानव अधिकार समुह गठन

लुम्बिनी दर्पण २०७९ भाद्र २७, सोमबार १५:५०
[sharethis-inline-buttons]

नुर मोहम्मद मुसलमान, मायादेवी

कपिलवस्तुको मायाँदेवी गाउँपालिकामा पालिका स्तरिय मानव अधिकार समूह गठन भएको छ । भेलाले इन्सेक , मानव अधिकार समुहको अध्यक्षमा सतिस प्रसाद पाण्डेयलाई चयन गरेको छ । मायाँदेवी गाउँपालिकामा भदौ २६ गते भएको मानव अधिकार समुह गठनका लागि भेलाले पाण्डेयलाई अध्यक्ष पदमा सर्व सहमत चयन गरेको हो ।
जसको उपाध्यक्षमा रिखिराम रैदास, सचिवमा सुन्दरी लोनिया, सह सचिवमा जमिल अहम्मद मुसलमान, कोषाध्यक्षमा अब्दुल्लाह मुसलमान चयन भएका छन् । यस्तै सदस्यहरुमा डिलिप कुमार बरई, चम्पा भेवट, बेलाल अहम्मद मुसलमान, अजिजुद्दिन मुसलमान, जय प्रकाश चौधरी लगाएत ११ सदस्यीय चयन भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा मायाँदेवी गाउँपालिकाका प्रमुख वलिउद्दीन मुसलमानले समाज परिवर्तनका लागि मानव अधिकारकर्मीहरुको अमह भूमिका भएको बताएका छन् । शिक्षा, स्वास्थ्य, लैंगिंक विभेद लगाएतका बिभिन्न हिंसाहरुको बिरुद्धमा पैरवी गर्दै आएको इन्सेकले यस मायाँदेवी गाउँपालिकामा अभियान संचालनका लागि समिती गठन गर्नु महत्वपूर्ण भएको बताए । यस स्थानियतह भित्र मानव अधिकारका घटना हुन नदिनका निमित्त गाउँ टोल तथा वस्ती हुँदै पालिका सम्म मानव अधिकारकर्मीले भुमिका खेल्नुपर्नेमा जोड दिंदै स्थानियतहबाट हुने सहयोगमा आफू प्रतिवद्ध रहेको प्रमुख मुसलमानले बताए ।

यस्तै समाजिक विकास समितीका संयोजक तथा वडा नंं. ५ का वडा अध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेयले मानव अधिकारका घटना दिनदिनै घटिरहनुका साथै आत्महत्या लगायत घटनाहरु समाजमा बढ्दै गएको बताए । नव निर्वाचित समूहका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना दिंदै यस्ता घटनाहरुलाई निराकरण गर्न मानव अधिकार समूहले वडाका बिभिन्न टोलहरुमा अभियान संचालन गर्नुपर्ने बताए । वडा अध्यक्ष पाण्डेले वडा नं ५ बाट मानव अधिकारको क्षेत्रमा पूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैगरी कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष शैलेन्द्र कुमारले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिंदै मानव अधिकार कर्मीहरुको साथ र सहयोग अपरिहार्य रहेको बताए । सानो उमेर देखी राजनितिक क्षेत्रमा लागेका यादवले मानव अधिकार समुहले व्यक्तिलाई मानवको रुपमा बाच्न पाउने, खान पाउने र आफनो अधिकार माग गर्न पाउने अधिकार दिलाउने मानव अधिकारकर्मिको साथले नै अगाडी बढ्ने प्रेरणा मिलेको बताए । वडा अध्यक्ष यादवले आफ्नो वडामा मानव अधिकार समूह संग समन्वय गरेरै अभियान संचालनमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
समुहका नव निर्वाचित अध्यक्ष सतिष प्रसाद पाण्डेयले आफ्नो कार्यकालमा स्थानिय तह र सरोकारवालासँग समन्वय र सहकार्य गर्दे मानव अधिकार समूहलाई प्रशंसनिय कार्यहरु सहित अगाडी बढाउने प्रतिवद्धता जनाए ।https://lumbinidarpanonline.com
फुलिका किशोरी संजालका अध्यक्ष सुन्दरी लोनियाले मानव अधिकार हाम्रो पालिकामा गठन गर्न पाउँदा धेरै खुशि भएको बताईन् । उनले हाम्रो समाजमा हत्या , हिंसा , बलात्कार र भेदभावले यहाँका किशोरीहरुको पठनपाठनमा धेरै समस्या भएको बताउँदै अब यस्ता समस्याहरुलाई समाधान गर्न लागिपर्नेमा जोडदिईन् ।
भेला तथा कार्यक्रममा कपिलवस्तु नगरपालिका मानव अधिकार समुहका नगर अध्यक्ष पुष्पा रेग्मीले स्वागत मन्तब्य दिंर्दै अब समाजमा रहेका विकृती विसंगतीलाई न्यूनिकरण गर्न सबैको साथसपोर्टको आवश्यकता भएको बताईन् । समाजमा घटने बिभिन्न घटनाहरुलाई सबैले खुलेर बाहिर ल्याउनेमा जोड दिइएकी थिईन् ।

इन्सेक जिल्ला प्रतिनिधि पार्वती अचार्यले इन्सेकको काम , कर्तव्य र मानव अधिकार सम्बन्धि अभियानकोबारेमा जानकारी दिएकी थिईन् । कार्यक्रममा कार्यपालिका सदस्य बिमलावती चमार , लुम्बिनी अपांग उत्थान समाजका डिलिप कुमार बरई , सदरसाका मौलाना , मोल्वी , महिला स्वास्थ्य स्वयंम सेविका , युवा संजालका प्रतिनिधी र संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रको संचालन कपिलवस्तु नगरपालिका मानव अधिकार समुहका नगर उपाध्यक्ष नुरमोहम्मद मुसलमानले संचालन गरेका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा गठन भएकोे मानव अधिकार समुहले शिक्षा, स्वास्थ्य, महिला र बालअधिकार उल्लङ्घन, जातीय विभेद, महिलामाथि हुने हिंसा र वातावरणीय अधिकारको सवालको क्षेत्रमा काम गर्ने छ ।    https://lumbinidarpanonline.com


प्रकाशित : २०७९ भाद्र २७, सोमबार १५:५०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • खरविन्द्रको बगरमा बदाम
  • वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा
  • प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट
  • जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती
  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र
प्रतिक्रिया

यो पनि पढौँ

खरविन्द्रको बगरमा बदाम

वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग

पिपरा कोठी वनको अध्यक्षमा झलक बहादुर कार्कीको उम्मेद्वारी, भोलि शनिवार निर्वाचन हुंदै

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

बैजलपुर सामुदायिक वनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

स्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेका पौरखी युवा सुुदिप

भर्खरै

  • खरविन्द्रको बगरमा बदाम

  • वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

  • संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

  • प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

  • हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

  • जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech