
लुदअ, बुटवल
डा बाबुराम भट्टराईले नेतृत्वको नेपाल समाजवादी पार्टीको बुटवलमा नगर समिति पुनर्गठन भएको छ ।
पार्टीको बुटवलमा भएको भेलाले अध्यक्षतामा सुरज हितान मगरको अध्यक्ष ३१ सदस्य नगर कार्यसमिति गठन गरेको जनाएको छ । जसको उपाध्यक्षमा नवीना गैर,टिकाराम पौडेल,कृष्ण भुसाल रहेका छन् ।
सचिवमा विष्णु खत्री, सहसचिवमा दिनेश के.सी.,कोषाध्यक्षमा कुमारी नेपाली, रहेका छन्।
यस्तै सदस्यमा कृष्ण पाण्डेय,लक्ष्मी पोखरेल,गागाबहादुर बुढामगर,रुद्र प्रसाद गिरी लगायत रहेका छन् । भेलामा पार्टीका प्रदेश इन्चार्ज कमल खनाल,केन्द्रीय सदस्यहरू हरि घर्ती मगर , सुमी पुलामी मगर लगायत बोल्दै पार्टीको सङ्गठन वाडवार्ड सम्मविस्तार,चुनावी रणनीति तय गर्ने लगायतका जिम्मेवारी नगरलाई प्रदान गरेको केन्द्रीय सदस्य पंकज राईले बताए ।