लुदस
कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा यात्रुवाहक बस शनिबार दिउसो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । बुद्दभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमा क्षेत्र स्थित पुर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट दाङका लागि जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको यात्रुबाहक बस पुर्व तर्फ आउँदै गरेको एक ट्रक सँग ठोक्किएको गोरुसिँगे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार बसमा सवार ३२ जना यात्रु घाइते भएका छन् । उनीहरु मध्ये १२ जनाको जिल्ला अस्पताल तौलिहवामा उपचारका लागि पठाइएको छ भने अन्य २० जनाको बुद्धभुमि स्थित पालिक्लिनिकमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था अझै एकिन हुन नसकेको पनि डिएसपी घलेले बताएका छन् । मृतक महिलाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन नसकेको जनाइएको छ ।
प्रकाशित : २०७९ आश्विन ८, शनिबार १६:५७