कालिका स्वावलम्बनको अध्यक्षमा रावल निर्विरोध

[sharethis-inline-buttons]

रामु यादव

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा रहेको कालिका स्वावलम्बन समाजिक केन्द्र को २८ औं साधारणसभा बाट रामेन्द्र सिंह रावल निर्विरोध रुपमा अध्यक्ष पदमा छनोट हुनु भएको छ। त्यस्तै सदस्यहरुमा प्रशान्त कार्की, प्रेम मोहन सिंह, शान्ता पौडेल, सुनमती पासी, अजय कुमार चौधरी, मन्दीप सिंह सन्तराम अग्रहरीर र रेम कुमारी थारु निर्वाचित भएका छन् ।

२०३७ सालमा खेलकुद संस्कृति को प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको कालिका स्पाेर्टस क्लब २०५० सालमा कालिका स्वावलम्बन समाजिक केन्द्र को रुपमा “एउटा समृद्ध समाज जहाँ हरेक नागरिकहरु एक अर्काको रंग जाति,लिंग,धर्म हरेकको अधिकार को सम्मान गर्दै सह अस्तित्व का साथै सम्मान पुर्वक जीवनको आनन्द अनुभुती गर्ने छन भन्ने ध्येय राखेर दिगो विकास रुपान्तरणमा गाैरवमय ४२ बर्ष पार गरेको सन्दर्भमा यस संस्था को २८ औं साधारणसभा सम्पन्न भएको हो।

साधारणसभा मा संस्था को महासचिव विमला कहार महरा द्वारा २०७८/०७९ को बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मन्दिप सिंहले आर्थिक प्रतिवेदन तथा बजेट लगायत अन्य विबिधको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए। कालिका स्वावलम्बन समाजिक केन्द्र को कार्यवाहक अध्यक्ष रामेन्द्र सिंह रावलको अध्यक्षता,गैर सरकारी संस्था महासंघ कपिलवस्तुको अध्यक्ष प्रविण कुमार श्रीवास्तवको को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०७९ आश्विन ८, शनिबार १८:५१