रक्तिम कपिलवस्तुमा नयाँ नेतृत्व

[sharethis-inline-buttons]

नमराज पौडेल, चन्द्रौटा

रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुको चौथो जिल्ला भेला  शुक्रवार शिवराज नगरपालिकाको खरेन्द्रपुरमा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १३ सदस्यीय रक्तिम सांस्कृतिक अभियान कपिलवस्तु जिल्ला समिति चयन गरेको छ ।

समितिको अध्यक्षमा बेगम बुढा मगर, उपाध्यक्ष राम बहादुर नेपाली, सचिव सञ्जीला बुढा मगर, कोषाध्यक्ष टिना अदै, सदस्यहरुमा बालाराम सुनार, राजु विक, अशोक चौधरी, हिम बहादुर सुनार, सुस्मिता विक चयन हुनुभएको छ ।

वैकल्पिक सदस्यमा पूजा कुँवर रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

यसैगरी सल्लाहकारमा लक्ष्मी खनाल, र इश्वरा जैसी चयन हुनुभएको छ ।

भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिल बहादुर विक, राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले शुभकामना दिनुभएको थियो ।

नव निर्वाचित समितिलाई राजु विकले बधाई दिनु भएको थियो ।

भेला पछिको बैठकले बुटवल हुने केन्द्रीय प्रशिक्षणमा सञ्जीला बुढा मगर र टिना अदैलाई पठाउने निर्णय गरेको छ । साथै शुभ दिपावलीको अवसरमा प्रगतिशील भैलोको लागि तयारी गर्ने निर्णय गरेको छ ।

रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यय मान बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन, बेगम बुढा मगर र स्वागत सञ्जीला बुढा मगरले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ आश्विन ९, आईतवार १३:२४