
लुदस, जितपुर
जगतमा आधुनिकता संगै नयाँपन दिने उदेश्यले जिल्लाको ४ नं तौलिहवारोडमा कृष्ण फर्निचर तथा काष्ठ उद्योगको शुभारम्भ गरिएको छ ।
आफ्नै चिरान संगै फर्निचरमा उत्पादित गुणस्तरिय उत्पादन उपभोक्ता समक्ष शुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले फर्निचर स्वरुमको शुरुवात गर्न थालेको संचालक मित्रलाल कडेलले बताउनुभयो ।
आधुनिक युगसंगै गुणस्तरमा समेत प्रश्न चिन्ह खडा भएको अवस्थामा आफ्नै उत्पादित वस्तु विक्रि हुने हुदाँ भरपर्दो र ग्यारेन्टि समेत हुने र आफ्नै नगरीमा सम्पुणर् फर्निसिड्ड सम्बन्धि सेवा उपलब्ध हुने अर्का संचालक श्याम कुमार गुप्ताले बताउनुभयो । यस संगै विभिन्न आर्कषक डिजाईनका फर्निचर सजावटका सामान खरिदकै लागि बुटवल लगाएतका बजारमा धाउन नपर्ने सुविधा थपिएको र ति क्षेत्रहरुमा समेत याँ उत्पादित वस्तुहरुको विक्रि गर्ने गरि तयारी गरिएको संचालकहरुको भनाई छ ।
भोलि सोमवार घटस्थापनाको दिन पारेर फर्निचर स्वरुमको एक कार्यक्रमका विच समुद्घाटन गर्ने तयारी भएको संचालक बद्रि प्रसाद काफ्लेले जानकारी दिनुभयो ।