भाट भटेनी झल्को दिने सुपरमार्ट जितपुरमा संचालन

[sharethis-inline-buttons]

ल्ुदस, जितपुर
कपिलवस्तुको चारनम्बरमा बुटवलको अन्नपूर्ण सुपरमार्टको शाखा आज देखि विधिवत रुपमा उद्घाटन भएको छ । घटस्थापना संगै आज विभिन्न शुभकार्य भएका छन् । जस अन्र्तरगत विभिन्न दैनिक उपभोग्य समानहरु सहितको भाट भटेनी झल्को दिने सुपरमार्ट स्थापना भएको हो ।

यो लेवलको ब्राण्ड सहितको सुपर मार्केट ले ४ नं जितपुरमा नयाँ आयाम थपेको उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए । युवा उद्यमी लक्ष्मण अधिकारी लगाएका युवा व्यवसायीहरुको लगानीमा सुपरमार्ट खुलेको हो ।
चारनम्बर स्थित जितपुर तौलिहवा सडक खण्डमा दैनिक उपभोग्य सामानहरु सहित, एकै स्थानबाट धेरै सुविधा दिने उद्देश्य सहित सुपरमार्ट संचालनमा ल्याएको अधिकारीले बताए ।


प्रकाशित : २०७९ आश्विन १०, सोमबार १४:१०