अर्घाखाँचीमा गठबन्धन भित्र मिलेन कुरो, जनमोर्चाको एकल उमेद्वारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा सत्ता गठबन्धन दलबीच कुरा नमिलेपछि राष्ट्रिय जनमोर्चाले बिद्रोह गरेको छ । जनमोर्चाले प्रतिनिधिसभा र प्रदेशसभाका तीनै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ ।

संघमा नेता पशुपति ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रदेशसभा क मा सागर केसी र ख मा जीवलाल पौडेलले पार्टीबाट नै उम्मेदवारी दर्ता गराएका छन् । अर्घाखाँचीमा जनमोर्चा कांग्रेसपछिको ठूलो दल भए पनि बेवास्ता गरिएकाले अलग्गै उम्मेदवारी दिनुपरेको जनमोर्चाका नेता सागर केसीले बताए ।

यहाँ कांग्रेस नेतृ तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा गएर गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराएकी हुन् । उनीसँगै प्रदेशसभा (क)मा माओवादी केन्द्रका ठाकुरकुमार बिक र प्रदेशसभा (ख) मा कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट संघमा टोपबहादुर रायमाझी र प्रदेशसभा (क) मा चेतनारायण आचार्य र (ख) मा रामजी घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रकाशित : २०७९ आश्विन २३, आईतवार २१:१५