लुदस, लवनी
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आर्थिक वर्ष २०७७/२०७८ मा निर्माण भएको शौचालय प्रयोगविहिन भएको छ । शौचालयमा लाखौ लगानी गरेर बनाएको भएतापनी निर्माणमा त्रुटि भएपछी प्रयोग विहिन भएको बताईएको छ । कुल २३ लाख ६ २ हजार ९ सय ६ रुपैयां मा बनेको शौचालयमै पानी नै नभएको र शौच गर्ने स्थानको व्यावस्थापनमा त्रृटि हुनको साथै आवत जावत गर्न कल्र्भटमा वार भएपछी समस्या भएको पालिकाका इन्जिनियर सन्दिप कुमार चौंवे ले बताए । लाखौ लगानी गरेर बनाएको शौचालय ले पुर्णता नपाउदा र निर्माण गरेको प्रकृति अनुसार त्यति लागत नलाग्ने भन्दै स्थानियले शौचालय निर्माणमा भष्ट्राचार भएको बताए ।
शौचालय पुर्ण छैन् आगामी वर्षभित्रै यसलाई यसको थप मर्मत व्यस्थापन गरि सुचारु गर्ने गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बताए । स्थानियले लाखौ खर्च गरेर शौचालय निर्माण गरेपनी प्रयोग गर्न नपाइको र स्थानिय बजार गर्ने बटुवाहरु बाहिर नै दिशा पिसा गर्ने गरेको बताए । शुद्धोधन लगाएत देश नै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको भएतापनी सय शौचालय वरिपरि नै खल्लम खुल्ला दिशा पिसाव गरेको पाईएको छ । २०७८ सालमा निसार अहम्मद खाँ पालिका अध्यक्ष हुदाँ गरेका त्रृटिको अपजस आफुले लिनु परेको पनि चौधरीको गुनासो छ । काठमाण्डौको डायमण्ड इस्ट वेस्ट ईन्जिनियरिड्ड कम्पनीले शौचालय सहितको स्नानघर निर्माण गरेको थियो । शुद्धोधन गाउँपालिकामा गत ५ वर्षमा नल जडानमा करोडौ रकम खर्च हुदाँ समेत उक्त शौचालयमा नल जडान नहुदाँ पानीको समस्या भएको प्राविधिकको भनाई छ ।