कर्ममा रमाउने बास्तोला ः जसको नामसँगै एसियन थाई फुड सधैँ जोडिन्छ

[sharethis-inline-buttons]

लुदस,बुटवल,

कर्मले परिचय दिन्छ । आफ्नो पेसामा ईमान्दारी र मेहेनत गर्दा गन्तव्य पुगिन्छ भन्ने पुष्टि गर्ने एक उदाहरणीय पात्र हुन् बुटवलका उपमहानगरपालिका वार्ड नम्बर ११ देवी नगरका ४४ वर्षीय दीपक बास्तोला ।
पाल्पा जिल्लाको रामपुर गाउँपालिका वार्ड ७ रातामाटामा जन्मिएका बास्तोला एसएलसी पास भए पनि अध्ययनको लागि बुटवल झरे ।
बुटवलको सिद्धार्थ गौतमबद्ध कलेजबाट कक्षा १२ पास गरेपछि वि ए भर्ना बुटवल बहुमुखी क्याम्पस भएसँगै पढाई खर्चको लागि राममन्दीर लाइनमा रहेको एक पसलमा एकाउन्टेनको काम गर्न थाले ।
घरबाट बुवा आमाले राम्रोसँग अध्ययन गर्न आग्रह गरे पनि उनले काम सिक्दै पढ्दै अगाडि जान सक्ने विश्वाससाथ आफ्नो कर्म आगाडि बढाए ।
त्यसै क्रममा २०६१ सालदेखि ६४ सालसम्म बुटवलको मिलन चोकमा रहेको इन्द्रलक्ष्मी एन्पेजमा मार्केटिङ्गको काम गरे। त्यसपछि झापाको त्रिमूर्ति टी कम्पनीको तल्ला लिन लुम्बिनी अञ्चलमा मार्केट कामले थप पोख्त बनेका बास्तोलालाई एसियन थाई फुडमा जोडिने अवसर मिल्यौ ।
अहिले एसियन थाई फुडले बास्तोलाको परिचाहन सँगै आर्थिक प्रगतिमा ठुलो साथ दिएको छ । लेखापालको काम गर्दा १२ सय रुपियाँ तलब पाउने बास्तोला अहिले १ लाख भन्दा माथि तलब पाउँछन् । भने अन्य सेवा सुविधा पनि उस्तै छ । एसियन थाई फुडसँग जोडिएपछि कम्पनीले थप ४ वटा नयाँ उत्पादन गरेको छ त्यसको लुम्बिनी प्रदेशमा बजार विस्तारको जिम्मा कुशलता पूर्वक निर्वाह गरेका छन् ।
सधैँ फुर्तिला र हँसिला मुखका बास्तोला एसियनको रिजनल सेल्स म्यानेजर रहेका छन् ।उनको मातहतमा १८ जना कर्मचारी रहेका छन् । भने मासिक ७ करोडको कम्पनीको कारोबार उनी मार्फत दाउन्ने देखी,बाग्लुङ्ग हुँदै रुकुम सल्यान जिल्ला सम्म पुग्छ । उनको लुम्बिनी प्रदेशका जिल्ला बाहेक अन्य प्रदेशका केही जिल्लाहरूमा भौगोलिक रूपमा कम्पनीका उत्पादनसँग बजार जोड्ने काम गर्नुपर्ने दायित्व रहेको छ ।
विराटनगरमा २०५६ सालमा स्थापना भएको एसियन थाई फुडको सञ्चालक महेश जाजु,आनन्द जाजु र राधेश्याम सरदा रहेका छन् । उनीहरूले कम्पनीका कर्मचारीलाई आफ्नै परिवारिक वातावरणमा कम गर्ने व्यवस्था गरेको बास्तोलाको अनुभव रहेको छ ।
६५ सालदेखि अहिले सम्म उनि एसियन थाई फुडको को प्रवद्धनका लागि खटिएर काम गरेका छन्। कम्पनीले टुपिएम,हट स्पाई,प्रीति
र मिस्टर नुडल्स जस्ता थप उत्पादन बजारमा बास्तोला जोडिएपछि ल्याएको हो ।

ती नयाँ उत्पादनको लुम्बिनी प्रदेशमा बजार विस्तार र अन्य कम्पनीसँगको प्रतिस्पर्धा गर्ने चुनौती जिम्मेवारी कुशलतापूर्वक बास्तोला पुरा गरेका छन् । उनले भर्ने बजारमा अन्य कम्पनीहरू पनि खुलेका छन् , ती जति नयाँ आएपनि हाम्रो क्षेत्रको विक्रीमा एसियन थाई फुडको कमी आएको छैन ,।् बरु थप वृद्धि भएको छ ।
।उनले कम्पनीको लगानीकर्ता र कर्मचारीको व्यक्तिको पवित्र मन भएका दुवै दीर्घकालीन लाभ हुने पाठ सिकेको बताए । छिटो छिटो कर्मचारी परिवर्तन गर्दा कम्पनी र कर्मचारीलाई दुवै नोक्सान हुने उनको ठम्याई रहेको छ ।
२०६५ सालदेखि हालसम्म एसियन थाई फुडमा काम गर्दा कम्पनीले बजार विस्तारमा महत्पूणर् योगदान दिए पनि बास्तोलालाई कम्पनीले आफ्नो परिचान बनाइदिएको बताउछन् । नेपालका सबै ठाउँदेखि विभिन्न देशमा घुम्ने अवसर समेत कम्पनीले दिएको छ ।
बुटवल तथा आसपासको ठाउँमा पहिचान गराउने कम्पनी नै भएको उनि बताउँछन् । उनले भने मेरो नामसँगै एसियन थाई फुड जोडिएको छ । बजार त्यही भएर मलाई चिन्छन्,। बास्तोलाले कम्पनीबाट विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कामहरू पनि बुटवल तथा आसपासका क्षेत्रमा गरेका छन् । त्यसो त उनी पनि यहाँ विभिन्न क्षेत्रमा जोडिएका छन् । रोटर्‍याक्ट क्लब अफ तिलोत्तमा, सामुदायिक विधु त सहकारी संस्थाको बुटवलको सल्लाहकार, भैरव बचत सहकारी संस्थाको सल्लाहकार,नेपाल व्यापार कर्मचारी सङ्घको केन्द्रीय सदस्य , रूपमा रहेका छन् । उनले एसियनको कम्पनीको लागि आवश्यता र अवस्था हेरेर काम गरेका छन् । कोभिडको बेला बजार निष्कन नसक्ने अवस्था आफै गाडीमा चाउचाउ पनि पुराउने काम गरेका थिए । किनकि त्यो बेलाको परिस्थिति सोही अनुसारको थियो कर्मचारी आफै त्रासमा थिए । मानिसहरू बजार जान सक्ने अवस्था नभएकोले कम्तीमा घरमै बसेर चाउचाउको सुप समेत खान सकुन् भन्ने उद्देश्यले काम गरेको बास्तोला बताउँछन् ।उनले कम्पनीमा जोडिएपछि नाम ,पैसा,भविष्य सबै देखेर एसियन काम गरेको बताउँछन् । किनकि नेपालमा रहेका १०वाट चाउचाउ कम्पनी मध्ये एसियन कम्पनी कर्मचारीलाई राम्रो सेवा सुविधा र दिर्धकालिन रूपमा सोच्ने कम्पनी भएकोले आफू खुसी रहेको बताए ।


प्रकाशित : २०७९ कार्तिक ७, सोमबार २०:२२