लुदस, तौलिहवा
०७४ कै चुनावमा झन्डै गुमिसकेको तत्कालिन स्वतन्त्र हाल नेकपा एमालेका नेता वृजेश गुप्ताको संसद यात्रा आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले निरन्तरता गर्नेमा आशंका हुन थालेको छ ।
गुप्ता जिल्लाको विकास भन्दापनी निजि स्वार्थका लागि शक्ति केन्द्रसँग टासिने र संसद छिर्नकै लागि दल अदलबदल गर्ने, जनताप्रति अनुत्तरदायी भएका कारण विकल्पको खोजी भइरहेको विश्लेषण गरिएको छ । २०५६ सालमा राप्रपाबाट राजनीति शुरु गरेका गुप्ता चारपटक सांसद निर्वाचित भइसकेका छन् ।
२०६४ र २०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट जिते । एमालेका साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट २०७४ सालमा पनि गुप्ता निर्वाचित भएका थिए । हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएका पूर्वमन्त्री गुप्ता यो पटक एमालेबाट यही क्षेत्रमा उम्मेदवार छन् ।
वृजेशलाई पराजित गरी संसदको यात्रा तय गर्न बाम लोकतान्त्रिक गठबन्धनका संयुक्त उमेदवार सुरेन्द्रराज आचार्य मैदानमा खरो उत्रिएका छन् भने प्रदेश तहबाट उनलाई क्षेत्र नं २(क) मा पुर्व एस.एस.पि कपिलवस्तुमा लामो समय सुरक्षा सम्यन्त्र र जनस्तरमा लोकप्रिय विक्रम सिंह थापा, ख बाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुधाकर पाण्डे ले साथ दिएका छन् । उनिहरु पनी प्रदेश सभाका लागि संगसंगै चुनावी दौडमा छन्।
वृजेशले कठिन संघर्ष गर्नुपर्ने अर्को उदाहरणचाहिँ स्थानीय तहको निर्वाचनमा आफ्नै विश्वासपात्र रहेका लोकप्रिय नेता सुदिप पौडेललाई अन्तत धोका दिएर पारिवारबाद बाट आफ्नै दाजुभाई डा. राजेश गुप्तालाई उमेद्वार बनाएपछी सो क्षेत्रका एमाले कार्यक्रता समेत सन्तोषजनक छैनन् । उनलाई परिवारबादको आरोप छ । वृजेशको संसद यात्रा मा ब्रेक लाग्ने उक्त क्षेत्रमा पाएको मत संश्लेषण पनि हो । आफ्नै निर्वाचन क्षेत्रमा वृजेशले राजेशका लागि मत ल्याउन कठिन भएको थियो । उनलाई त्यस अगाडी वृजेशकै सहयात्री निकट मानिएका लोकप्रिय नेता सुदिप पौडेलले भारि मतान्तर सहित हराएका थिए ।
अर्कातर्फ उनका विश्वासपात्र भनिएका एमालेका नेता तथा कपिलवस्तु नगरपालिकाका पूर्व उपप्रमुख बासुदेव प्रसाद कसौधन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कसौधनसहित एमालेका तर्फबाट कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवारसमेत रहेका तौलिहवा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सन्तोषकुमार कसौधन र उनका छोरा युवा नेता अमरदिप कसौधन सहितका नेताहरु कांग्रेसमा प्रवेश गरेर सुरेन्द्र जिताउ अभियानमा लागेका कारण पनी गुप्तालाई धर्म संकट परेको हो । यशोधरामा एमालेबाट टिकट नपाएर लोसपा प्रवेश गरेका यशाधरा लोसपाका अध्यक्ष हविबुल्लाह भाट ले पनी गठबन्धनका उमेद्वार सुरेन्द्र आचार्यलाई सर्मथन गरेपछी उनिमाथि थप दवाव थपिएको छ ।
यसपाली जनताले परिवर्तन चाहेको र विकास संमृद्धि का लागि जसरी पनि यस पटक जित निकाल्न र जनताको आवाजलाई प्रतिनिधित्व गर्न म अघि बढिसकेको छु’, गठबन्धनका नेता सुरेन्द्र आचार्यले भनेका छन्,‘अघिल्लो पटक थोरै मतले पराजित भएको हुँ, यस पटक भारी मतान्तरले जित निकाल्छु ।’
क्षेत्र नं २ को उत्तरी क्षेत्रमा एमालेको बाक्लो मतदाता रहे पनि निरन्तर मत परिवर्तन भइरहेको विगतका घटनाक्रमले पनि ४ मंसिरमा वृजेशको पराजय हुन सक्ने अनुमान गरिएको छ ।
‘यहाँ मत परिवर्तन हुन समय लाग्दैन, वृजेशको विकल्प हुन सक्छ भन्नेको जमात ठूलो छ’, स्थानीय भन्छन् ।
त्यस क्षेत्रमा साक्षर र बौद्धिक मतदाता रहने क्षेत्रले राजनीतिमा सँधै परिवर्तनको खोजी गरिरहेका छन् । यो क्षेत्रमा संयुक्त गठबन्धनको उम्मेदवार भएकाले पनी आचार्यलाई जित निकाल्न सहज हुने बताईएको छ । भने देशभर गठ बन्धन ले धेरै जित निकाल्ने र सरकार पनी उसैको बन्ने आंकलन भएको भन्दै कपिलवस्तुबाट मन्त्री बन्ने हैसियत भएका नेता र विकास हुनेमा सिंगो जिल्लामै उत्साह रहेको छ ।




















