कोईली खोलामा पुल बन्नेभएपछी भलवाडबासी हर्षित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं। ७ र ९ जोड्ने बनगाई मोतिपुर भलवाड डोहोटे सडकको कोईली पुल निर्माणले गति लिने भएसंगै भलवाडबासीमा खुसियाली छाएको छ । करिव १ दर्जन नागरिकको ज्यान लिएको कोईली खोलाको पुल निर्माण नहुंदा दिनहुं हजारौ सर्वसाधारण ओहोरदोहोर गर्न निकै कठिन भएको थियो । अझ बर्षायामको बेला आउने बाढीले वारीपारीको सम्पर्क समेत अवरुद्ध हुने गर्दथ्यो ।
प्रदेश सरकारबाट विनियोजित १४ करोड बजेट मध्ये ९ करोडमा ठेक्का भई निर्माण कार्य समेत सुरु भएको उक्त कोईली पुलको जग्गा विवादका कारण स्थानीयले अदालतमा मुद्धा दायर गर्दा निर्माण कार्य रोकिएको थियो ।
अदालतको अन्तिम फैसलाबाट रोकिएको निर्माणाधीन कोइली खोलाको पुलको अब पुनः निर्माणको काम सुरु हुने भएको छ ।
कोईली खोलामा पुल नहुंदा मानवीय क्षती बढ्दै गए पछि प्रदेश सरकारमा जोडका साथ माग उठाएका कारण अब पुल निर्माण हुने भएसंगै त्यसक्षेत्रका नागरिक ले लाभान्वित हुने जनाईएको छ ।

 


प्रकाशित : २०७९ कार्तिक २३, बुधबार १९:०६