
लुदस, जितपुर
बाम लोकतात्रिक गठबन्धन दलका प्रदेश सभा उमेद्वार डोलकराम घिमिरेले सुकुम्बासी समस्यालाई चुनावी फाईदा उठाउनेहरु अव होसियार हुने दिन आएको बताएका छन् ।
बाणगंगाका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रममा बोल्दै उनले सुकुम्बासीहरुलाई भोटका लागि प्रयोग गर्ने र चुनाव जित्नकै लागि जे पनी बोल्ने प्रथाको आफुहरुले अन्त्य गर्ने भन्दै विभिन्न क्षेत्रका पर्यटन प्रर्वद्धन, युवा रोजगारी शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रमा विस्तृत योजना बनाएर अवको सरकार गठबन्धनको सरकार हुने र कपिलवस्तुबाट संघमा बलदेव जी मन्त्री र प्रदेशमा आफुले नेतृत्व गर्ने हुदाँ यी विषय समाधान हुने बताएका छन् । उनले सुकम्बासी समस्या समाधानका लागि गठबन्धन सरकारपछी पुणर्ता पाउनेमा विश्वस हुनुपर्ने बताए । यता प्रतिनिधि सभा उमेद्वार चक्रपाणी खनाल बलदेव ले हाल आयोगले विभिन्न कामहरु अगाडी बढाएको र चुनाव आचारसंहिताले केही कामहरु रोकेका कारण लालपुर्जामा प्राप्तीमा ठिलाई भएको भन्दै अबको गठबन्धन सरकारले यसलाई थप अधिकार सहित पुणर्ता दिने बताए । उनले जनतामाझ निति सहितको विकास हुनेपर्नेमा जोड दिएका छन् । निति विनाको विकासको थिति नहुने उनको तर्क छ ।