ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चुनावको मुखमा रोजगारीका लागि भारत जानेको लर्को

लुम्बिनी दर्पण २०७९ कार्तिक २६, शनिबार १७:१८

यहि मंसिर २१ गते डोटीमा हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जादा रोजगारीका लागि भारत पस्नेहरुको लर्को लाग्न थालेको छ । डोटीका गाउँघरमा चुनावी माहोल तातेको भएपनि यहाँका अधिकांस युवा तथा स्थानियहरु भारतमा काम खोज्नका लागि जिल्ला छोड्न थालेकाछन् ।

नेता तथा कार्यकर्ता मतदाता रिझाउन स्थानियका घर आगनमा दिनदिनै धाइरहेका भएपनि युवा तथा स्थानियहरुलाई भारत जानबाट रोक्न सकेका छैनन् । गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर केही मतदाता भने रोजगारीका लागि भारततर्फ धामधम पसिरहेका छन् ।

यसै सिलसिलामा बोगटान गाउँपालिका– ७ उमडीका काले दमाई सोमबार बिहान भारत जाँदै गर्दा दीपायल पिपल्ला बजारमा भेटिनुभयो । निर्वाचनबारे जानकारी भएका उहाँ मतदान गर्ने इच्छै नभएर भारत जान लागेको बताउनुहुन्छ ।

विगत २२ वर्षदेखि भारतको विभिन्न ठाउँमा काम गर्दै आउनुभएका काले दमाई अहिले भारतको पञ्जाबमा रहेको एउटा मन्दिरको सामग्री सरसफाइ गर्ने काम गर्नुहुन्छ । ४४ वर्षीय दमाईले आफ्नो जीवनकालमा एकपटक मात्रै मतदान गरेको बताउदै उहाँले भन्नु भयो ‘भोट केका लागि दिने,केही नगर्ने नेतालाई भोट किन दिने बरु भारत गएर दुई चारदिन बढी काम गरे दुईचार पैसा बढी आम्दानी हुन्छ, भोट हाल्नु भन्दा भारत जानु नै बेस छ ।’
उहाँसँगै भारत जान लाग्नु भएका सोही ठाउँका चार अरु युवामध्ये कमल बोहरा पनि १६ वर्षको उमेरदेखि नै भारतको लुधियानाको एउटा कपडा कम्पनीमा काम गर्दै आउनुभएको छ ।

उहाँ आफू अनपढ भएका कारण नेपालमा रोजगार नपाउने भएपछि भारतमै निर्भर हुनुपरेको बताउदै भन्नु हुन्छ ‘नेपालमा नोकरी नपाउने भएपछि यो चुनावमा भोट हालेर पनि केही नहुने भएकाले गर्दै आएको नोकरी बचाउन समयमै जान लागेको हँु, जागीरी बचाउन भएपनि भोट हाल्न छोडियो ।’ सुदूरपश्चिमका पहाडी जिल्लाका धेरैजसो व्यक्ति कामको खोजीमा भारत जाने गर्दछन् । कृषि पेशामा आबद्ध यहाँका जनता हिउँदमा खेती किसानीको काम नहुने भएकाले पनि यो बेला भारत जाने गरेका हुन् ।

प्रायःजसो घरैपिच्छे यहाँका युवा भारतको रोजगारीमा निर्भर छन् । ती युवा मौसम अनुसार नेपाल भित्रिन्छन् र भारत पस्छन् । दशैँतिहार मनाउन घर आएका युवा यतिबेला हिउँदे खेती लगाएर रोजगारीका लागि धमाधम भारत जानथालेका छन् ।

केही युवा अहिले पनि निर्वाचनमा मतदान गरेर जाने तयारीमा रहे पनि अधिकांश युवा भने धमाधम भारत पस्न थालेका छन् । अहिले भारत जाने युवाको समुह दिनहुँ आउनेक्रम बढिरहेको शैलेश्वरी यातायात व्यवसायी संघका कर्मचारी टेकबहादुर शाहले बताउनु भयो । उहाँका अनुसार अहिले दैनिक २५÷३० जनाभन्दा बढी डोटेलीहरु कामका लागि भारत जान थालेकाछन् ।


प्रकाशित : २०७९ कार्तिक २६, शनिबार १७:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech