ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो

लुम्बिनी दर्पण २०७९ मंसिर १, बिहीबार १४:२१
[sharethis-inline-buttons]

कपिलवस्तुमा मतदाता शिक्षा प्रभावकारी नभएको जनगुनासो आएको छ । मतदाता शिक्षाका लागि कोही पनि गाउँ नपुगेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । निर्वाचन आइसक्न लाग्दा मतदाताले यस्तो गुनासो गरेका हुन् ।

निर्वाचन आयोगले चुनावको मुखैमा मात्र मतदाता शिक्षा कार्यक्रम लागू गर्दा जनता मतदाता शिक्षाबाट वञ्चित हुनुपरेको बाणगंगा नगरपालिका– ८ का स्थानीय दामोदर बन्जाडेको गुनासो गरे । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले कार्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतदाता शिक्षाका लागि समन्वय गरेको बताए पनि गाउँघरमा भने कोही पुगेका छैनन् ।

बन्जाडेले भने, ‘जिल्लाकै कम मत बदर हुने स्थानीय तहको रुपमा रहेको बाणगंगामा अधिकांशलाई मत हाल्ने तरिका थाहा छैन, स्वास्थ्य स्वयंसेविकाहरू मतदाता शिक्षा दिन आउने कुरा थियो, तर अहिलेसम्म कोही पनि आएका छैनन् ।’ निर्वाचन हुनुपूर्व मतदान गर्न नसिकी सीधा मतदान गर्न जाँदा मत बदर हुने सम्भावना धेरै हुने गरेको उनको भनाइ छ । अर्का स्थानीय कमला पाण्डेले भनिन्, ‘अरु चुनावमा घरघरमै भोट हाल्न सिकाउन आउँथे यसपटक मेरो घरमा कोही पनि आएको छैन ।’ आफ्नो टोलमा समेत कोही नआएको उनको भनाइ छ ।

मतदाता शिक्षाको उद्देश्य नै कमभन्दा कम मत बदर होस् भन्ने रहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख राजीव पन्थीले बताए । जिल्लाभरका ९६ वडामा प्रत्येक वडाअनुसार एक वडा एक मतदाता शिक्षा स्वयंसेविकाका तवरले कर्मचारी खटाइएको पन्थीको भनाइ छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्व र वडातहमा वडा सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति बनाई मतदाता शिक्षा संचालन गर्ने व्यवस्था रहेको छ । मतदाता शिक्षा प्रभावकारी नभएकै कारण यहाँ प्रत्येक निर्वाचनमा धेरै मत बदर हुने गरेको छ । जिल्लामा मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्येक निर्वाचनमा मतदाताले आफ्नो मत आफैँ हाल्न नपाउने र सामान्य व्यक्तिले समेत ‘वारेस मत’ हाल्न लगाउने गरेको सरोकारवालाको भनाइ छ ।

निर्वाचन कार्यालयले सम्पूर्ण तयारी सकिएको बताए पनि धेरै मतदातामा यसपालि मतदान कसरी गर्ने अन्योल भने कायमै छ । गठबन्धनका उम्मेद्वार उठेका क्षेत्रमा झनै अन्योल छ । राजनीतिक दल र उम्मेद्वारहरू चुनावी प्रचार प्रसार हिडेपनि मतदातालाई कसरी भोट दिने भनेर प्रभावकारी रुपमा सिकाउन सकेका छैनन् ।

यता निर्वाचन आयोगले भने विभिन्न सञ्चार माध्यमबाट मतदाता शिक्षालाई प्रभावकारी बनाएको दाबी गरेको छ । यसपाली घरदैलो कार्यक्रम स्थगित गरेको आयोगले सञ्चार माध्यम, विभिन्न सामाजिक सञ्जाल, अनलाइन र मोबाइल रिङ टोन मार्फत मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको दाबी छ ।

यता मतपत्रको आकार र उम्मेदवारको संख्याका कारण यसपालिको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मत बदर हुने प्रतिशत बढ्ने अनुमान छ । कपिलवस्तुमा स्थानीय तहको निर्वाचन २०७९ मा करिब ५ प्रतिशत रहेको छ ।

यस्तै समानुपातिक तर्फ सबैभन्दा धेरै मत भएको देखिएको छ । तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा एकतर्फ १५ हजार ४ मत, दुईतर्फ १५ हजार ११५ मत र तीनतर्फ १७ हजार ५९२ मत बदर रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

 


प्रकाशित : २०७९ मंसिर १, बिहीबार १४:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech