पालिका स्तरीय कानुनी प्रावधान अन्तरक्रिया कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]
लुदस,
 नव निर्वाचित जनप्रतिनिधीहरुलाई स्थानिय सरकार र कानुनी प्रावधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुद्धोधन तथा मायादेवी गाउँपालिकाका पालिका स्तरमा सम्पन्न भएको छ ।
स्थानियतहमा एैन कानुन निर्माण कसरी गर्ने कार्यनवयन प्रक्रिया कस्तो हुने कार्यन्वयनमा के के कुरामा ध्यान दिने पालिका स्तरको कार्य विधी कसरी निर्माणगर्ने सहभागितामुलक तथा मानव अधिकारमुखि योजना तथा बजेट निर्माणमा सहजपार्ने उद्देश्यले कार्यक्रम भएको छ ।
अन्तरक्रिया कार्यक्रममा मायादेवी गाउँपालिकामा ८ वडाका नव निर्वाचित ४२ जना जनप्रतिनिधी तथा शुद्धोधन गाउँपालिकामा ६ वडाका ३१ जना जनप्रतिनिधीहरु बढा हर्सोउल्लासका साथ उपस्थिति जनाउदै सहभागी भएर स्थानिय स्तरमा रहेका समस्या सवाल र समाधानको उपायमा दोहोरो छलफल गर्नु भएको थियो । कार्यक्रममा मायादेवी गाउँपालिका ३ नं.वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले भन्नु भयो हाम्रो वडा तथा पालिकाको ८ वटै वडामा राष्ट्रि«य परिचयपत्र बनाउने कार्य भइरको व्यस्तताका वावजुद जनप्रतिनिधीह्ररुले सिक्नैपर्ने हुदा राम्रो विषयमा दिन भरी बस्ने जनताकै लागी सजिलो होस जानकारी गराउदै स्थानिय सरकार संचालनमा कानुनको बारेमा हामीलाई अहिले सम्म न त पालिका नत कुनै संस्थाले तालिम नदिएको गुनासो गर्दै यस्ता तालिम सिद्धार्थ समाजिक विकास केन्द्रले दिएको र आउने दिनमा तालिम माग्दै संस्थाप्रति अभारप्रकट व्यक्त गर्दै बताउनु भयो । तस्तै शुद्धोधन गाउँपालिका उपाध्यक्ष होम प्रसाद चौधरीले हामी नवनिर्वाचित जनप्रतिनिधीह्ररुको काममा तथा जिवन भर गरिरहेका समाजिककाम लाग्ने कुरा भएको बताउनु भयो ।
१ नं वडाका वडा अध्यक्ष तिलकराम यादवले सिद्धार्थ समाजिक विकास केन्द्रको कार्यक्रम जनताको अवश्यकता अनुरुप रहेको र सबै कर्मचारी अरु संस्थाको तुलनामा काम गर्न इच्छुक अनि आतुर हुन्छन जे काम समयमा गर्छन र समाजिक काम तथा कानुनको विषयमा धेरै जानकार हुने गरेका आफनो महत्वपुर्ण भनाई व्यक्त गर्नु भएको भयो । सोही गाउँपालिकाको २ नं.वडा अध्यक्ष मनोज कुमार यादवका भनाई अनुसार हाम्रै पालिका भित्र कार्यपालिका न्यायपालिका र व्यावस्थापिका छ । हामी सबै जनप्रतिनिधीहरुलाई थाहा होस । बाहिरको कुरा छोडौ आफनै पालिकामा रहेको ३ वटै संरचनामा रहेर काम गरयो भने हाम्रो वडा पालिकाको विकास हुनेमा जोड दिदै भन्नु भयो सिद्धार्थ समाजिक विकास केन्द्रको कार्यक्रमले जनताको हकहितमा हुने गरेको र कानुनमा जनप्रतिनिधीह्ररु न बामmुन र काममा सजिलो होस भनी यसपाली े सिद्धार्थले सबै जनप्रतिनिधीह्ररुलाई एैतिहासिक जमघठ एकै ठाउँ एकै बुमmाई होस भनेर कार्यक्रम गरेको छ । सिद्धार्थ समाजिक विकास केन्द्र हाम्रो मित्र हो भन्नु भयो पुर्व अध्यक्ष पोम नरायण पौडेलले सिद्धार्थ समाजिक विकास केन्द्रले पालिकाको हरेक समाजिक काम विधी निती ऐन नियममा दिन रात खटेर लागने तथा रुपान्तरण कार्यक्रमका फोकल पर्सन रोमकान्त घिमिरेका अनुसार यस्ता एैन कानुुनको बारेमा थप जानकारी जनप्रतिनिधीह्ररुलाई जिल्ला बाहिर लगेर तालिम चलाउने प्रतिबद्धता दिदै बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा जुरी नेपाल काठमाडौंका अधिवक्ता मोहन अचार्यले कानुनको बारेमा अलफल गर्नु भएको थियो ।


प्रकाशित : २०७९ मंसिर २९, बिहीबार ०९:२८