लुदस, जितपुर
कपिलवस्तुको बुद्धभुमी नगरपालिका ७ विषनपुर देरवामा रहेको फुलकली मा.वि का शिशु कक्षा देखि ५ सम्म अध्यनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमका विच कार्की परिवारबाट न्यानो सामाग्री हस्तान्तरण गरेका छन् ।
सोही वडामा संचालित सरस्वती ईटा उद्योग प्रा.लि तथा कार्की एण्ड सन्स जितपुरका संचालक बाणगंगा ५ झण्डाका कृष्ण कार्की ,दिपक कार्की , अनिता कार्की , भरत कार्की तथा ईटा उद्योगका संचालक तिलक गिरी, रुपक कार्की, सुरेन्द्र यादव, लगाएको समुहले सो विद्यालयमा अध्यनरत २ सय १६ विद्यार्थीहरुलाई स्विटर,टोपी जुत्ता, मोजा, वितरण गरेका हुन् ।उक्त सरकारी विद्यालयमा अध्यनरत स साना वाल वालिका जाडोको समयमा कठ्याङ्गरिदै खाली खुट्टा विद्यालय पुगेको देखेपछी केही गर्नुपर्छ भन्ने सोचेर उनिहरुका लागि सानो सहयोग गरेको संचालक मध्येका भरत कार्कीले बताए ।
यसले विद्यार्थीको स्वास्थ्यका साथै संवेगात्मक भावनालाई समेत टेवा पु¥याउने विश्वास लिएको कृष्ण कार्कीको भनाई छ ।
सहयोग प्रति विद्यालयका पुर्व शिक्षक जगदिश तिवारीले धन्यबाद व्यक्त गरेका थिए ।
कार्की एण्ड सन्स परिवारले यस अगाडी बाणगंगा ५ झण्डामा रहेको श्री मा.वि झण्डामा १२ थान कम्युटर सहयोग गरि विद्यार्थीको प्राविधिक ज्ञानशिप बढाउन टेवा पु¥याएको थियो ।