जन्मदिनमा बरालको त्यो सन्देश सहितको सहयोग

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,
जन्मदिनमा उपकार सहितको सेवा भावमा उत्प्रेरित भै वाल गृहमा परिवार विहिन वालवालिका लाई सहयोगका साथै रक्तदान गरि  नेपाली कांग्रेस बाणगंगाका सचिव सुर्य बरालले  आफ्नो ४९ औ जन्मदिन मनाएका छन ।
जन्मदिनमा पाश्चात्य संस्कृति मौलाईरहेको बेलमा समाजसेवी तथा युवा नेता बरालले तौलिहवामा रहेको कपिलवस्तु बाल गृहलाई नगद पाँच हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाएका हुन ।

बाल गृहका बालबालिकालाई आवश्यक खाद्यान्नको व्यवस्थापन गर्न आफुले गरेको आर्थिक रकमले भए पनि सहयोग पुग्ने उनले बताए । जन्मदिनमा अनावश्यक रुपमा पार्टी गरेर खर्च गर्ने पैसाले कसैको जीवनमा नयाँ उमङ्ग छाउन सक्ने उनले बताए । पश्चिमा संस्कृतिको बढ्दो प्रभावलाई कम गर्न सबैको ध्यान जानुपर्ने उनको भनाई छ । आफुले गरेको सामाजिक कामले समाज सकारात्मक सन्देश जाने उनले विश्वास समेत व्यक्त गरे ।

बरालले जन्मदिनकै दिन नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखामा रक्तदान समेत गरेका छन् । रगत अभावमा कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान गरेको उनले बताए । उनले आफ्नो जन्मदिन अनावश्यक खर्च नगरि सामाजिक कार्यमा समर्पित भई मनाउन अपिल समेत गरे । बरालले आफ्नो हरेक जन्मदिन सामाजिक कार्य गर्दै मनाउँदै आएका छन् ।


प्रकाशित : २०७९ माघ १३, शुक्रबार २३:५४