हाल पार्टीमा उप–सभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका अर्याल रास्वपाबाट समानुपातिक सांसद् हुन्।
बैठकमा कानूनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पनि छलफल भएको ढकालले बताए।