बाणगंगा ६ मा पाण्डे परिवारद्धारा न्यानो वितरण

[sharethis-inline-buttons]


लुदस जितपुर
कपिलवस्तुको बाणगंगा ६ लक्ष्मणघाटमा पाण्डे परिवारद्धारा विपन्न परिवारलाई न्यानो वितरण गरिएको छ ।
आज पुणर्िमाको अवसर पारेर सोहि वडाका करिव १ दर्जन विपन्न वृद्धाहरुलाई वडा नं ६ का नेपाली कांग्रेस सभापती अनिल पाण्डे र उहाँकी ७० वर्षिया आमा मिरादेवी पाण्डेको तर्फबाट सिरक वितरण गरिएको थियो ।


सो अवसरमा सभापती पाण्डेले अति विपन्न परिवार जो राज्य तथा नगरको ध्यान नपुगेका बस्तीका खाँसगरि गरिखान समेत नसक्नेहरुलाई केही गरौ भन्ने उदेश्यले न्यानो वितरण गरिएको बताएका थिए । जाडो याममा न्यानो सिरक पाएपछी विपन्न परिवारकी ७० वर्षिया भिम कुमारी क्षेत्री, छेदिया थारुले आर्शिवाद प्रदान गरेका थिए । वितरण कार्यक्रममा पाण्डे परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७९ माघ २२, आईतवार १८:३४