कपिलवस्तु महोत्सवमा सर्पदंश सचेतना स्टलमा दर्शको ध्यान केन्द्रित

[sharethis-inline-buttons]
मोहन बेल्वासे
हिन्दू धार्मिक मान्यता अनुसार भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु शेषनागको शय्यामा सुत्ने गर्छन्। तर नेपालमा अझै पनि कैयौँ स्थानमा सर्पलाई देख्ने बित्तिकै टोक्ने डरले मार्ने गरिएको पाइन्छ ।
यद्यपि हालैका वर्षमा सर्पको संरक्षणका पहलहरू पनि हुन थालेका छन् । अर्कातर्फ हरेक वर्ष विशेषगरी नेपालको तराई क्षेत्रमा सर्पको टोकाइबाट कैयौँको ज्यान जाने गर्छ । यस्तै र सुरक्षित हुने उपाय  सहित कपिलवस्तुमा संचालन भैरहेको १३ कपिलवस्तु महोत्सवमा नेपाली सेना शम्शेर दल गण गोरुसिंगेको तर्फबाट सचेतना मुलक स्टल प्रर्दशनमा राखिएको छ । जसमा महोत्सव अवलोकनका लागि पुग्ने दर्शकहरुलाई सहजै जानकारी दिन गोरुसिंगे सर्पदर्श उपचार केन्द्र र गणका तर्फबाट चिकित्सक सहितको टोली खटिएको व्यवस्थापक नविन भण्डारीले जानकारी दिए । सर्पबाट सजक रहन अपनाईनुपर्ने उपाए र जानकारीका लागि पर्चा समेत निशुल्क वितरण गरिएको छ । जसबाट सचेतनाका लागि योगदान पुगेको आयोजक समितिका अध्यक्ष दोलकराम घिमिरेले बताए । गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्र कपिलवस्तु, अर्घाखाँची, दाङ्ग, प्यूठान र रुपन्देहि जिल्लाका सर्पले टोकेका विरामीका लागि वरदान सावित भएको पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारीले बताए । महोत्सवमा सर्पदंश बारे जानकारी मुलक सन्देश दिदै व्यवस्थापक भण्डारीले सर्प र मानिस एक अर्कोका सहयोगी बन्न ज्ञान हुनुपर्ने बताए ।
नेपालमा कति प्रजातिका सर्प ?
सर्पबारे महोत्सवमा जानकारी गराउदै नेपालमा हालसम्म ९० भन्दा बढी प्रजातिका सर्पहरू पाइएको विवरण छ । “नेपालमा हालसम्म पहिचान भएका भनेर ९०/९२ प्रजातिका सर्पलाई लिइन्छ,“ नेपालमा पाइने सर्पबारे अझै अध्ययन हुन बाँकी रहेकाले यहाँ योभन्दा धेरै नै जातका सर्प हुन सक्छन्।“
नेपालमा पाइने धेरै सर्पहरू विषालु छैनन्।
“यहाँ पाइनेमध्ये १८ वटा प्रकारका सर्पहरू चाहिँ अति विषालु खालका हुन्, “त्यस बाहेकका सर्पहरू कम विषालु र विष नभएका छन्।“ विश्वमा करिब चार हजार प्रजातिका सर्पहरू पाइन्छन्। नेपालका छिमेकी मुलुकहरू भारत र चीनमा पनि धेरै सङ्ख्यामा सर्पका प्रजाति पाइएकाले नेपालमा पनि अहिले भेटिएका भन्दा बढी सर्प भेटिनसक्ने उनीहरूको भनाइ छ । सबैभन्दा विषालु सर्प नेपालमा पाइने सर्पमध्ये सबैभन्दा विषालु र धेरै मानिसको ज्यान लिएका सर्प भनेका करेत र गोमनका विभिन्न प्रजाति रहेको भण्डारी बताउँछन्। त्यस्तै हरेकका केही प्रजाति र बाघे सर्प पनि अति विषालु सर्पका रूपमा लिनुपर्ने उनको भनाइ छ। “नेपालमा करेतका छ वटा प्रजाति छन् त्यसमध्ये पाँचवटाले मानिसहरूलाई डसिरहेको प्रमाण भेटिएको छ। एउटा ’बङ्गारस बङ्गोरोइड’ भन्ने प्रजातिले चाहिँ खासै डसेको पाइएको छैन । उनका अनुसार मानिसलाई कम डस्ने भनिएको उक्त सर्प पहाडी क्षेत्रमा पाइन्छ । नेपालमा पाइने विषालु सर्पहरू त्यसपछि नेपालमा धेरै मानिसलाई टोक्ने सर्पमा गोमन रहेको छ। करेत र गोमन सर्प तराई क्षेत्रमा धेरै मात्रामा पाइने गरेको उनको भनाइ छ। उनले त्यो सर्पको सङ्ख्या कति छ भन्नेमा निर्भर भएको हुनसक्ने ठान्छन्। “तर त्यसका लागि सर्पको गणना हुनु जरुरी छ। नेपालमा त्यो हुन सकिरहेको छैन,“ उनि भन्छन्। सर्पले बचाउँछ मानिसको जीवन नेपालमा सर्पदंशका घटना विशेषगरी तराई क्षेत्रमा हरेक वर्ष गर्मी मौसम र मनसुनका बेला सर्पदंशका घटना धेरै हुने गरेको बताइन्छ । गत आर्थिक वर्षको असार मसान्त सम्मको डाटा अनुसार गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा ७ सय २४ जना सर्पदंशका विरामी आएको र १४ जना रिफर गर्नु परेको व्यवस्थापक भण्डारीले बताए । ती घटनामा १ जनाको ज्यान गएको र अन्यको ज्यान बचाउन सफल भएको बताईएको छ । यद्यपि कैयौँ घटनाहरू अस्पताल सम्म नपुग्दै बाटैमा ज्यान जाने भएकाले पनी विवरणमा समावेश नभएकाले यो विवरण अपुरो रहेको भनाई छ।
सर्पले टोकेमा के गर्ने?
सर्पदंशको उपचारमा संलग्न चिकित्सकहरू सर्पले टोक्दैमा नआत्तिन सुझाव दिन्छन्। लामो समय नेपाली सेनाको सेवामा रहेर सर्पदंश उपचार संलग्न भई अहिले प्राविधिक रहेका मेघराज बास्तोला ले कैयौँ मानिसहरू आत्तिएर थप बिरामी पर्ने गरेको बताउँछन्। अझै पनि कतिपय मानिसहरू चाहिँ सर्पले टोकेपछि निकै ढिलो गरेर अस्पताल आउने गरेका छन् । “सबैभन्दा ठूलो समस्या भनेको मानिसहरू ढिलो गरेर आउने गर्छन्। तर शङ्का लागेर पनि अस्पताल आउनेहरू अचेल बढेका छन्।“ सर्पले टोकेको अवस्थामा अपनाउनु पर्ने सावधानीबारे बास्तोला भन्छन्, “नआत्तिने र टोकेको भागलाई हलचल नगराएर सकेसम्म छिटो अस्पताल पुर्याउनु पर्ने हुन्छ।“ “प्राथमिक उपचार भनेर पहिले-पहिले गरिरहेका विभिन्नखाले कुराहरू नगरीकन सिँधै बिरामीलाई अस्पताल ल्याउनु नै सबैभन्दा राम्रो उपाय हो।“ सर्पको टोकाइबाट कसरी बच्ने? सर्पको टोकाइबाट बच्न आफ्नो घर वरिपरि नियमित सफाई गर्नुपर्ने सुझाव छ। त्यस्तै सर्प लुक्ने स्थान नबनाउने र दुलाहरूमा हात नराख्ने व्यवहार अपनाउन सबैलाई आग्रह गर्छन्। “राति हिँड्नुपर्दा पनि जुत्ता र सुरुवालजस्तो तलैसम्म छोप्ने लुगा लगाउने र लट्ठी लिएर हिँड्ने गर्नुपर्छ,“ उनी भन्छन्। त्यस्तै राति सुत्दा खाटमा सुत्ने र झुल टाँगेर सुत्ने गर्दा पनि सर्पको आक्रमणबाट बच्न सकिने उनको सुझाव छ । गण र सर्पदंश उपचार केन्द्रका तर्फबाट पाँचौ कपिलवस्तु महोत्सव देखि नै महोत्सव स्टलमा परामर्श संगै सचेतना दिदै आएको छ । गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्र नेपाली सेनाको प्राविधिक सहयोग बुद्धभुमी नगरपालिकाको संरक्षण र यस क्षेत्रका स्थानिय तहको सहयोगमा संचालन हुँदै आएको छ ।


प्रकाशित : २०७९ माघ २४, मंगलवार ०८:१९