
लुदस, जितपुर
कपिलवस्तुको बाणगंगा ६ भग्लापुरमा निर्माणधिन पार्कमा गाडीएका पोलहरु गएराती अज्ञात समुहले भत्काएका छन् ।
पार्क निर्माण कार्य भैरहेको बेला रातिको समयमा १४ वटा कम्पाउण्डका लागि गाडेका पोल उखेलेर ढलाएको पार्क निर्माण समितिका अध्यक्ष कृष्ण गैरेले बताए । उनले यो कार्य सुनियोजित भएको बताए । उत्स्रिङ्गखल गतिविधि गर्नेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।