शुद्धोधनमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा हात्ति पाईले रोग विरुद्ध सचेतना

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रामु यादव ,

लवनी कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिका वडा न.५,मा हात्तिपाईले सम्बन्धि सचेतना कार्यक्रम संम्पन्न भएको छ । शुद्धोधन गाउँ पालिका को आयोजना तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र र फेयर मेडको संयुक्त साझेदारीमा सञ्चालित आधारभूत परियोजना अन्तर्गत राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो । हात्तीपाइले रोग मानिस लाई शारिरिक अशक्त तथा अपांग बनाउने एक सरुवा रोग रहेकोले यो रोग बाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनको लागि यो रोगको जोखिम न्यून गर्नको लागि अभियान चलाईएको हो । विभिन्न जिल्ला हरुमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन सम्बन्धि अभिमूखिकरण कार्यक्रम सञ्चालन हुदै आएको र शुद्धोधन गाउँ पालिका ले पनि सम्पूर्ण समुदाय स्तरमा हात्तीपाईले न्युनिकरण गर्ने उद्देश्यले गाउँ पालिका वडा न.५,को विभिन्न लक्षित समूह हरुमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्ध आम औषधी सेवन गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रको सामुदायिक सशक्तीकरण सुपरभाइजर शिव रतन हरिजन र सुशासन तथा समावेशी अधिकृत प्रज्वल धिताल को सहजीकरणमा शुद्धोधनको समुदाय स्तरमा लक्षित तथा सामुदायिक व्यक्ति र समाजसेवी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०७९ फाल्गुन १३, शनिबार १९:३६