
संगीता भुसाल तौलिहवा
कपिलवस्तु नगरपालिका द्वारा १० पशुपालन कृषिफर्म हरु लाई ७०% छुटमा इलेक्टि्रकल च्याफकटर मेसिन वितरण गरेको छ । कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेल द्वारा मेसिन वितरण गरिएको छ । पशुपालक कृषकहरुको सहजता र पशुपालन क्षेत्रमा वृद्धि बिकास गर्ने उदेश्यले अनुदान गरेको नगर प्रमुख पौडेलले बताउनु भयो कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद ज्ञवाली पशु शाखा प्रमुख केशव प्रसाद हरिजन तथा कर्मचारी र कृषक हरुको उपथिती रहेको थियो।

