
हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) को पार्टी सुदृढिकरण तथा विस्तार अभियान अन्तर्गत कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं.६ मा प्रशिक्षण तथा गोष्ठि सम्पन्न गरिएको छ । वडा नं. १२ का चौधरीडाँडाँ, मगरडाँडाँ र खुकुन्डीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पार्टीका प्रदेश कमिटी सदस्य धर्मराज भुसाल, अतिथि धनु अधिकारीले पार्टी संगठनमा हाम्रो भूमिका र महत्व महिला आन्दोलनको बारेमा मन्तब्य राख्नुभएको थियो ।
त्यस्तै जिल्ला कमिटी सदस्य भेषराज खनाल तथा हुमनाथ भटराई ले पनि मन्तव्य राख्नुभएको थियो ।
महिला, पुरुष र युवाको उपस्थितिले भेला रोचक बनेको अखिल नेपाल महिला संघ जिल्ला सचिव धनु अधिकारीले स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै ५ वटा टोल विभाजन गरि नगर र वडा कमिटीका पदाधिकारीहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।

