
लुदस, गोरुसिंगे
प्रगतिशिल पत्रकार संघ कपिलवस्तुको विशेष बैठक आज गोरुसिंगेमा सम्पन्न भएको छ । संघका कार्यवाहक अध्यक्ष मोहन बेल्वासेको अध्यक्षमा बसेको बैठकले आसन्न राष्ट्रिय सम्मेलन र जिल्ला भेला को तयारी गर्ने निणर्य गरेको हो । प्रगतिशिल पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय सम्मेलन चैत्र २४ र २५ गते तय भएको हुदाँ यस अगाडी नै जिल्ला भेला गर्ने निणर्य भएको संघका सल्लाहकार शसि सापकोटाले बताए । यस सन्दर्भमा विभिन्न जिम्मेवारी समेत बाँडफाड गरि आर्थिक अभियान लाई समेत तिब्रता दिने लगाएतका निणर्य गरिएको जनाईएको छ ।

