बागेश्वरी सामुदायिक वनको साधारण सम्पन्न

[sharethis-inline-buttons]

लुदस, जितपुर

बागेश्वरी सामुदायिक वन उपभोक्ता समिति बाणगंगा ५/६ /११ र क.व न.पा १० को १३ औ साधारण सभा आज संम्पन्न भएको छ । वडा नं ६ मा रहेको संस्थाको हलमा कार्यक्रम संम्पन्न भएको हो ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष लेम.बहादुर गुरुङ्गले आर्थिक वर्ष २०७८/०७९ को ५० लाख २४ हजार ९ सय ४२ रुपैंया बराबरको आयव्यय सार्वजनिक गर्नुभएको थियो । संस्थाका लेखा समिति सदस्य मोहन बेल्वासेले सुझाव सहितको लेखा प्रतिवेदन तथा अध्यक्ष कल्लु थारुले भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपमेयर रिता थारु विशिष्ट अतिथि वडा नं ६ का करुण टण्डन, सल्लाहकार राम प्रसाद बेल्वासे, शालिकराम पौडेल ,राम प्रसाद न्यौपाने लगाएतले बोल्दै वन उपभोक्तामुखी हुनुपर्ने दाउरा काठ वितरणलाई सजल बनाउनुपर्नेमा जोड दिदै र साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


प्रकाशित : २०७९ चैत्र १८, शनिबार १८:३३