
लुदस, जितपुर
कपिलवस्तुको गोरुसिङ्गेमा रहेको शमशेर दल गणले बुद्ध राजदरबार क्षेत्र तिलौराकोट परिसरको सरसफाई अभियान शुरु गरेको छ ।
बुद्ध जयन्ती नजिकिँदै गर्दा तिलौराकोट क्षेत्रमा झाडीले घेरिए पछि सरसफाई सुरु गरिएको शमशेर दल गण गोरुसिङ्गेका गणपति दिलीप घलेले बताउनुभयो । सरसफाईका लागि आइतबारदेखि सह सेनानी अमृत गुरुङको नेतृत्वका ६० जनाको टोली खटिएको छ ।
लुम्बिनी विकास कोषले नेपाली सेनासँग सरसफाईका लागि सहयोगको समन्वयमा पुरातात्त्विक सम्पदालाई जोगाउने उदेश्यले सरसफाई अभियान संचालन गरेको जनाईएको छ ।
गुरुङले साना-साना बुट्यान, झाडी र प्लास्टिक जन्य फोहोर हटाइने बताउनुभयो । सरसफाइ अभियान पाँच दिनसम्म सञ्चालन हुने बताउनुभयो ।

