विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

[sharethis-inline-buttons]
,वैशाख २१ ।
हरिहर संस्कृति तथा साधारण मावि पाणिनी गाउँपालिका वार्ड नम्बर २ पोखरा थोक अर्घाखाँचीले आफ्नो नाममा कपिलवस्तुमा रहेको  जग्गा  लिजको लागि  टेन्डरमा गर्दा  चलखेल  गरेको दंशका  गरिएको छ
 उक्त विद्यालयको नाममा रहेको  कपिलवस्तु जिल्लाको वाणगंगा  गाउँपालिका वार्ड १ बौरियामा रहेको ३२  विगाह ७ कट्टा  जग्गा १० वर्षे भाडामा लिनको लागि  विभिन्न स्वार्थ समूहले आँखा लगाउँदै  चलखेल गरेको   दंशका स्थानीयले गरेका छन् ।  अर्घाखाँचीको  प्रतिष्ठित  संस्कृत विद्यालयको  कपिलवस्तुमा  रहेको  जग्गा बहुउपभोगी रहेकोले धेरैले टेन्डर हात पार्नको लागि  आ आफ्नो ढङ्गबाट लागेका छन् ।
 टेन्डर आह्वान गर्दा  जारी  सूचनामा वार्षिक  कन्तीमा ६ लाख  २५ हजार नघट्ने  र  प्रति वर्ष  ५ प्रकाशित आधारमा वृद्धि हुने उल्लेख  गरिएको  छ । तर यहाँ  १२ वटा समूहले ८ लाखदेखि  १५ लाख  ५५ हजार  सम्म  तिर्ने गरी  बोलपत्र हालेका छन् ।  यसरी हाल्ने मा विगतमा विद्यालयको रकम नतिर्ने  कृषि फर्मलाई  सम्म रहेको  छ।  भने व्यक्तिले  समेत हालेका छन् ।
 विद्यालयका प्रधानाध्यापक  विष्णु  पोख्रेलले  १२ मध्ये  सबै भन्दा धेरै  रकम  कबोल गर्ने  केशव रायमाझीको नाममा  टेन्डर  परेको बताए । तर उक्त विद्यालयले  जारी गरेको  सूचनाको १९  नम्बर बुँदामा विद्यालयको जग्गामा कृषि  तथा पुस पालन  बाहेक  अन्य गर्न  नमिल्ने स्पष्ट गरेमा व्यक्तिले  नाम  परेको टेन्डरले   फेरी  फर्म या  व्यक्तिलाई दिने  सक्ने पर्ने हुन्छ ।
 यसअघि २० ६९ सालमा १० वर्षको लागि  भएको टेन्डरमा  पनि  सुरुमा  व्यक्तिले लिने अर्को समूहले  सम्झौता गर्दे लैजाँदा विद्यालयको रकम उठ्न समस्या  भएको थियो । अहिले यस्तै वास्तविक किसान  पाउने हुने कि  विचौलियमा भन्ने  आशक रहेको विद्यालयमा शुभचिन्तकहरूको रहेको छ ।
 यस अघिको  जग्गा भाडामा  लिएको  कपिलवस्तु  ईन्डीग्रडेटले ९ लाख रकम मध्ये अहिले  ४ लाख  ६५ हजार  जेठ ५ गते लागि चेक  विद्यालयको नाममा  काटेको विद्यालयमा  लेखापाल  विद्यालयले लेखा पाल प्रमोद गौतमले  बताए ।  उनले  रकम उठाउनको लागि निकै समस्या रहेको बताए । अहिले  पनि पुन  सोही कम्पनीले  १२ लाख  १७ हजार  रुपैयाँ कबोल गरी टेन्डर  हालेको थियो । तर  उसलाई नपरी  रायमाझीलाई अहिले व्यक्तिलाई परेको छ । विद्यालयमा  प्र अ  विष्णु पोख्रेलले भने  व्यक्तिको नाममा टेन्डर  परे पनि अझै वार्ड अध्यक्ष  नेतृत्व  रहेको समितिले   कम्पनी कागजपत्र तथा अन्य सबै प्रक्रियाहरू  अध्ययन गरेर  केही दिन सम्झौता गर्ने बताए । वार्ड अध्यक्ष तथा  विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष चन्द्रकान्त  भट्टराईले  सँग पटक पटक फोन गर्दा पनि  सम्पर्क हुन सकेन। टेन्डर  पार्न सफल  भएका  केशव रायमाझीले  तत्काल अर्को फर्मलाई दिने सोच नबनाएको बताए  । उनले यहाँ  रहेका संरचना  थपेर  कृषि गर्ने योजना रहेको बताए ।
((


प्रकाशित : २०८० बैशाख २१, बिहीबार २०:५४