
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ११ ओदारीमा अवस्थित स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कुलले अध्ययन अध्यापनका साथै विभिन्न क्षमता विकास तथा नेतृत्व विकासका नियमित कक्षा सुरु गरेको छ । विद्यार्थीहरुको शारिरीक, मानसिक तथा संवेगात्मक क्षमताको विकास गर्ने उद्देश्यले नियमित अन्य क्रियाकलापका कोर्षहरु पनि सञ्चालन गरे संगै विद्यार्थीहरु सक्रिय भएका छन् ।
स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कुलले नृत्य, संगीत, कराते, उद्घोष तथा बोल्ने वानीको विकास सम्बन्धी नियमित कोर्ष सुरु गरेको स्कुलका प्रमुख तोलाकान्त डुम्रेले जानकारी दिनुभयो ।
विषय विज्ञहरुबाट कक्षा नियमित सञ्चालन भईरहेको र वालवालिकाहरुले पनि केहि फरक र क्षमता विकास हुन लागेको महशुस भएको बताए ।

