लुदस, तौलिहवा
कपिलवस्तु नगरपालिकाको जर्लौया नाकामा नदीजन्य पदार्थ निकासीमा ठेकेदारले मनपरि गरेको स्थानियले आरोप लगाएका छन् ।
नदीजन्य पदार्थ निकासी गर्दा गाउँलेले संरक्षण गरेको क्षेत्रबाट ठेकेदारले मनपरि निकासी गरेको आरोप लगाएका हुन् ।
शुभम निर्माण सेवाले पाएको ठेक्कामा तोकिएको परिणाम भन्दा बढी ठेकेदारले नदीजन्य पदार्थ निकासी गरेको उनिहरुको आरोप छ । सो क्षेत्रमा तोकिएको स्थानभन्दा अनेत्र पनी ठेकेदारले नदिजन्य पदार्थ उठाएको भन्दै स्थानियले विरोध जनाएका हुन् ।
जर्लौया नाकामा ठेकेदारको मनपरि
प्रकाशित : २०८० बैशाख २८, बिहीबार १५:५९
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech