`आफैलाई धिक्कार्न मन लाग्छ ´

[sharethis-inline-buttons]

जननीकै दशधारा नचिन्नेहरूले
राष्ट्रहितमा वकालत गरेको देख्दा ,
जननी, सहोदर, स्वभार्या र सन्ततिका विरुद्धमा
सर्वदा तल्लीन खरिजुकाहरू नै
समग्र समाज र  देशहित बारे बनावटि वकालत गरेको देख्दा,
अलि पर कतै एकान्त कुनाबाट
कोल्टे परेर नेपालमाताले
एउटा आँखा मात्र झिम्क्याएर
गिज्याए जस्तो लाग्छ।
छि:!छि: !!छि:!!!
लाजपचेका घिनलाग्दा जुकाहरू !
तिमीहरूले आफैलाई जानाजानी हामीलाई झुक्याएर

 हाम्रै  सामु आफ्नो कपोकल्पित नैतिक परिचय दिँदा ,

“म आफै जीवित छु कि सपना हो ? ´´भनि आफ्नै छाला चिमोट्न मन लाग्छ।कम्तिमा यी दुष्टका समकालमा नजन्मिएको भए त ?

यो ब्यङ्ग्य दृष्याङ्क देख्नै पर्दैनथ्यो भनि

कहिलेकाहीँ त –

प्रकृति र जननीलाई गाली गर्न मन लाग्छ।
जननी, सहोदर, भार्या र सन्तति नचिन्ने म्लेच्छ्हरूका आदर्शका भाषणरूपी दन्त्यकथा सुन्दा,
समाज र देशको अभिनेयात्मक चिन्तनको बल्छी दर्शाई
नाटकीय अभिनय गरेको देख्दा-
सपनामै छु या बिपना ? भनी आफ्नै कानको छाला पो मुसार्न पुग्छु ।
अनि थाहा पाउँछु – म त होसमै रहेछु ; अनि बिपना मै छु  ।
तर दृष्य मात्र सपना रहेछ ।
आफैलाई थुम्थुम्याउँछु र भन्छु -“चुप लाग् गधा!´´
यो कालमा जन्मिनु त “केवल तेरो गल्ती थियो´´ भन्छु।

र अन्त्यमा आफैलाई धिक्कार्छु ।

                                                                                                                                                                                               कृष्णप्रसाद पौड्याल,

९८५७०४०६९७

बुटवल ।


प्रकाशित : २०८० बैशाख ३०, शनिबार १९:२९