
बुटवल , असार ७ ।
रुपन्देहीको बुटवल निवासी शारदा पन्थीले आफ्नो जन्मदिनको अवसरमा पारेर अपाङ्ग आश्रम बुटवलका विभिन्न खाद्यजन्य हस्तान्तरण गरेकी छन् । समाजसेवी पन्थीले बुटवल उपमहानगरपालिका वार्ड ११ मा रहेको देवी नगरमा रहेको नेपाल आश्रममा चामल, दाल ,तेल , हरियो तरकारी लगायतका सामाग्रीहरू प्रदान गरेकी हुन् ।उनले समाजसेवा सानै देखी गर्ने रुचि भए अनुसार जन्मदिनको अवसरमा आफूले अपाङ्गहरूलाई खाद्यजन्य वितरण गरेको बताइन् । उनी बुटवल विभिन्न सामाजिक सेवा क्रियाशील रहेकी छन्



प्रकाशित : २०८० असार ६, बुधबार २०:००















