खड्काले दिवङ्गत सदीक्षा तामाङ को चन्दा पनि छोडेनन् 

[sharethis-inline-buttons]

लन्डन ।  असार  ९
पढ्न युके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीय सदीक्षा तामाङको अन्त्येष्टि र परिवारका लागि उठाइएको चन्दा खान सुनिलबाबु खड्काको टोलीले प्रयत्न गरेको  खुलेको छ ।
एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको परिवारबाट अन्त्येष्टिमा सघाउन अनुरोध भए लगत्तै चन्दा आव्हान गरेका थिए ।
सदीक्षाको मृत्यु भएको गत १० मे बाटै अभियान सुरु गरिएपछि स्वतःस्फूर्त रूपमा १७८ व्यक्ति र ८ वटा संस्थाले कुल ९ हजार ४९४ ।३६ ९करिब १५ लाख रुपैयाँ प्रदान गरेका थिए । बर्खास्त गरिएका एनआरएनए युके उपाध्यक्ष सुनिलबाबु खड्काले त्यही चन्दामा आँखा गाडेर बैङ्कलाई पैसा दिलाइदिन हारगुहार  जनाएको छ।

नक्कली भुटानी शरणार्थी कुल आचार्य र नारायण कँडेलको  डिजाइनमा सुनिलबाबुले सदीक्षाको नाममा सङ्कलित चन्दा खान खोजेपछि बैङ्कले उक्त पैसा होल्डमा राखिदिएको छ ।
सङ्कलित रकम सदीक्षाका बुबालाई बेलायतमै हस्तान्तरण गर्ने योजना गाहामगरको थियो । आउँदो ७ जुलाईमा अल्डरसट पार्क क्रिमेटोरिएममा हुने फ्यूनरल सर्भिसमा सदीक्षाका बाबु आउंदैछन् र उनलाई चन्दा दिने योजना बनाइएको थियो ।
अहिले सदस्यताका नाममा प्रतिव्यक्ति १० पाउन्डका दरले उठाइरहेको सुनिलबाबु खड्का समूहले मरेको मान्छेको चन्दा समेत खान खोजेपछि अहिले उनीहरूको  निन्दा गरिएको छ ।
नारायण कँडेलको योजनामा नक्कली कागजात बनाएर एनआरएनए युकेका निर्वाचित अध्यक्ष प्रेम गाहामगरलाई च्यारिटी कमिसनको चिअरबाट हटाएको त्यही भ्रष्ट समूह अहिले सदीक्षाको चन्दा खान तम्सिएको जनाएको छ ।


प्रकाशित : २०८० असार ९, शनिबार ०९:४०