मायादेवी  साक्षर पालिका घोषणा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नुरमोहम्म्द मुसलमान

मायादेवी गाँउपालिका अध्यक्ष वलिउद्दीन मुसलमानको अध्यक्षतामा आज साक्षर घोषणा कार्यक्रम पालिकाको सभा हलमा सम्पन्न भएको छ ।
२०७८को जनगणनामा मायादेवी गाँउपालिकाको जम्मा जनसंख्या ५५ हजार ९ सय ७२ मध्ये पुरुष ४८.५५ प्रतिशत महिला ५१.५ प्रतिशत जनसंख्या रहेको छ । साक्षर घोषणाका लागी १५ देखि ६० उमेर समुहका जम्मा जनसंख्या मध्ये ९५प्रतिशत साक्षर हुनु पर्ने प्रावधान अनुसार ०७८को जनगणनामा १५-६० को जम्मा जनसंख्या ३०७८३ रहेको पुरुष १४३०५ तथा महिला १६४७८ छन १५-६० उमेरको कुल जम्मा जनसंख्या पुरुष र महिला गरी जम्मा २९२४४ भन्दा बढी जनसंख्या साक्षर भएको र १५-६० उमेर समुहको कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढी साक्षर भएकोले पालिका घोषणा कार्यक्रम गरेकोको छ ।
साथै बाकी निराक्षर जनसंख्यालाई अगामी दिनमा निरन्तर सिकाई तथा वैकल्पिक सिकाईको माध्यमले साक्षर बनाउने विद्यालय उमेरका बालबालिकाहरुलाई शतप्रतिशत विद्यालय भर्ना गरी औपचारिक माध्यमबाट शिक्षा प्रदान गर्नै विद्यालय बाहिर तथा शिक्षा लिनबाट वन्चित १५ वर्षमाथीका व्यतिmहरुलाई सामुदायिक सिकाई केन्द्रको माध्यमबाट शिक्षा दिने समेत पालिकाको निती रहेको छ । मायादेवी गाँउपालिका अध्यक्ष वलिउद्दीन मुसलमानले बताउनुभएको थियो ।
प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले कुनै पनि कार्यक्रम तथा विकास तिनै तहको सरकार एकजुट भए मात्रै समाजको विकास हुने बताउदै जसरी अहिले पालिका साक्षर घोषणा कार्यक्रम गैरसरकारी संघसंस्था जनप्रतिनिधी युवा क्लब शिक्षक कर्मचारी विद्यार्थीसमाजसवी शिक्षाप्रेमी अभिभावक लगातको सहयोगले पालिकामा एतिहासिक काम हुदै छ तसर्थ म सदनमा बारम्बार उठाउने विषय मदरसा विद्यालयमा गुणस्तरीय शिक्षा लगायत अवाज अझै पनि बलन्द गर्ने बताउनु भयो।
विशिष्ठ अतिथि पुर्व मन्त्री दान वहादुर चौधरीले साक्षर पालिका घोषणा हँुदा गौरवको कुरा हो हामी खुशी छौ तथा खुल्ला दिशामुक्त क्षेत्र जस्तो नहोस सबैलाई अवगत गरायनु भयो लुम्बिनी प्रदेश सभा सदस्य मधुसरण चौधरीले साक्षर घोषणा कार्यक्रममा बोल्दै भन्नुभयो विद्यालयमा गुणस्तरीय शिक्षा विद्यालयमा शिक्षकको व्यवस्थापन विद्यालयमाभौतिक पुर्वधार लगायत सम्पुणर्काममा ढिलासुस्ती अनियमितताको देखरेख पालिका विद्यालय समाजले गर्ने बताउनु भयो जिल्ला समन्वय समिती कपिलवस्तु प्रमुख बाबुराम अचार्य पालिका उपाध्यक्ष सरस्वती यादव शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरे अतिथीहरुमा मायदेवी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादव शिक्षा विकास तथा समन्वय इकाइ शाखा अधिकृत चोपलाल बेल्बासे इलाका प्रहरी कार्यालय पकडी प्रतिनिधी १ नं. वडाका वडा अध्यक्ष मुहम्मद ईसहाक मुसलमान लगायत सबै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरु वडा समितीहरु पुर्व वडा अध्यक्षहरु विद्यालयका प्रधानाध्यापकहरु संघसंस्था प्रतिनिधी अभिभावक शिक्षा प्रमी समाजसेवी सि एल सी प्रतिनिधि लगायतको उपस्थितीमा मायादेवी गाँउपालिका शिक्षा अधिकृत माधव प्रसाद घिमिरेले कार्यक्रम गर्नु भएको थियो


प्रकाशित : २०८० असार १८, सोमबार ०९:३०