पतरियामा स्वास्थ्य चौकीमा अभिमुखिकरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रामु यादव
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिका वडा न.१,को पतरिया स्वास्थ चौकीमा आज एक कार्यक्रमका विच अभिमुखिकरण कार्यक्रम संम्पन्न भएको छ ।
कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा फेयर मेडको संयुक्त साझेदारीमा सञ्चालित आधारभूत स्वास्थ्य परियोजना बाट पतरिया स्वास्थ्य चौकीको स्वास्थ्य व्यवस्थापन समिति,महिला स्वास्थ स्वयं सेविका र आमा समूहको मासिक बैठक मा निरन्तरता दिनको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।


पतरिया स्वास्थ चौकीमा एकीकृत स्वास्थ सेवा सञ्चालन गर्नुको साथै पतरिया वडा भित्र सेवा लिने लाई गुणस्तरीय स्वास्थ सेवा लिने,गाउँ घर क्लिनिक व्यवस्थापन तथा सञ्चालन गर्न,आमा समूहको मासिक बैठक बस्न,शुद्धोधन गाउँपालिका वड न.१,जिरो होम डेलिभरी वडा घोषणा गर्ने प्रक्रिया र उष्ण प्रदेशीय रोग व्यवस्थापन सम्बन्धित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
शुद्धोधन गाउँ पालिका वडा न.१,को वडा अध्यक्ष तथा पतरिया स्वास्थ चौकी व्यवस्थापन समिति अध्यक्ष श्री तिलकराम यादव को अध्यक्षता,शुद्धोधन गाउँ पालिका स्वास्थ्य शाखा संयोजक अस्फाक अहमद खान को प्रमुख अतिथ्यता,वडा सचिव कमल थापा क्षेत्री,वडा सदस्य मीना फकिर,वडा सदस्य ज्ञानमती हरिजन ज्को अतिथ्यता,कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा फेयर मेडको संयुक्त साझेदारीमा सञ्चालित आधारभूत स्वास्थ्य परियोजना कपिलवस्तु जिल्लाको जिल्ला कार्यक्रम अधिकृत निशान गुरुङ,जि.आई.ओ.प्रज्वल धिताल,सामुदायिक सशक्तीकरण फिल्ड सुपरभाइजर शिव रतन हरिजन,महिला स्वास्थ स्वयं सेविका,स्वास्थ्य व्यवस्थापन समिति सदस्य र आमा समूह लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०८० श्रावण २६, शुक्रबार १८:५७