
यमुना जि.सी चौधरी
रुपन्देही
रुपन्देहीका शुद्धोधनका फोटोग्राफर शुसान्त आचार्यले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गर्नु भएको छ । बुधबार शुद्धोधन ४ मा अवस्थित केवलपुर प्राथामिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई कापी ,कलम, पेन्सिल वितरण गर्नु भएको हो । आफ्नो २१ औं जन्मोत्सवको अवसरमा १५ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरी आचार्यले भन्नुभयो ।
जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नु भन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकाले आफूले व्यक्तिगत रूपमा उक्त सामाग्री वितरण गरेको बताउनु भएको छ। उहाँले आफूले वितरण गरेको शैक्षिक सामाग्रीले निम्न वर्गीय विद्यार्थीहरुलाई थोरै भएपनि मलम पट्टी लाग्ने भएकाले उक्त सहयोग गरेको बताउनु भयो । विभिन्न शैक्षिक सामग्रीहरू पाएकोमा विद्यार्थीहरु निकै हर्षित भएका थिए भने विद्यालयका प्रधााध्यापक भिम तिवारीले आर्थिक स्थिती निकै कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई आफ्नो जन्म दिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेकोमा आचार्यलाई धन्यवाद दिनु भएको थियो। विगतका बर्षहरुमा पनि फोटोग्राफर आचार्यले जन्मदिनको अवसरमा विभिन्न अनाथ,बाल आश्रम तथा विद्यालयहरुमा गई सहयोग गरि जन्मदिन मनाउँदै आउनु भएको थियो।

