पत्रकार पोख्रेल विरुद्ध फेसबुकमा जथाभावी लेख्ने भुषाल पक्राउ

[sharethis-inline-buttons]

लुदस, जितपुर

समाचार लेखेको विषयलाई लिएर फेसबुकमा तथ्यहिन लेख्ने अर्घाखाँचीका खडानन्द भुषाललाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिन अघि जग्गामा ठगी गरेको विषयलाई लिएर समाचार लेखेका पत्रकार गणेश पोख्रेलका विरुद्ध आफना गल्ती ढाकछोप गर्न फेसबुकमा उनले रकम मागेको भन्दै निराधार आरोप लगाएर घटनामा संलग्न नभएकी उनकी दिदिको समेत फोटा पोष्ट गरेर चरित्र हत्या गरेपछी पोख्रेल साईवर अपराध मुद्धा दायर गर्न प्रहरी कार्यालय पुगेका थिए ।
त्यसपछी प्रहरीले खोजी कार्य जारी राखेको अवस्थामा रुपन्देहीको सैनामैना मा रहेको एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरि आश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवाको थुनामा पठाईएको ईलाका प्रहरी कार्याल पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिएका छन् ।
उनि विरुद्ध सामाजिक अपराध सम्बन्धी कसुरमा मुद्धा चलाईने ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रायमाझिले बताए ।


प्रकाशित : २०८० भाद्र १३, बुधबार २२:००