उद्योग व्यापार संघद्धारा कपिलवस्तुका प्रहरी प्रमुखको स्वागत

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, तौलिहवा
उद्योग ब्यापार संघ कपिलवस्तु ले कपिलवस्तु मा भर्खरै प्रहरी प्रमुख को जिम्मेवारी सम्हाल्न आएका प्रहरी उपरीक्षक नबरत्न पौडेल को स्वागत सम्ंमान तथा परिचयात्मक कार्यक्रम गरेका छन् ।
सो क्रममा बोल्दै प्रहरी उपरिक्षक पौडेलले
देश को अर्थतन्त्र को मेरुदण्ड को रुपमा रहेको निजि क्षेत्र को आफ्नो उच्च सम्ंमान रहेको भन्दै जिल्लामा खुला सिमा लगायत ले गर्दा कपिलवस्तु मा हुने चोरी तस्करी , अबैध ब्यापार , लागू औषध दुव्र्यसनी जस्ता समस्याको रहेको भन्दै जातिय एबम भाषिक तथा धार्मिक बिबिधता का कारण अन्य जिल्ला भन्दा कपिलवस्तु भिन्न रहेको बताए । उनले हामी यहाँका सम्पुणर् सरोकार वाला संघ सस्था निकाय सङ्ग समन्वय र सहकार्य गरि शान्ति सुरक्षा कायम गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका थिए ।

यता उद्योग ब्यापार संघ , कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ले व्यापार संघ को बिषयमा जानकारी गराउदै प्रहरीले नागरिकको शान्ति सुरक्षा र जनमैत्री कार्यमा आफुहरुको पुणर् साथ सहयोग र सहकार्यको प्रतिबद्धता ब्यक्त गरेका थिए ।
उक्त स्वागत सम्मान एबम परिचयात्मक कार्यक्रम मा उद्योग ब्यापार संघ कपिलवस्तु का संरक्षक टोपनारायण बेल्बासे , निबर्तमान अध्यक्ष हुमनाथ पौडेल ले स्वागत गर्दै कपिलवस्तु का ब्याबसायीहरुले भोगिरहेका समस्या लागुऔषध दुर्ब्यसनी , धार्मिक , भाषिक तथा साम्प्रदायिक बिबिधता को बिषयमा जानकारी गराएका थिए ।


प्रकाशित : २०८० भाद्र २९, शुक्रबार १५:१७